Shopping cart

  • Home
  • समाज
  • तीन दल मिलेर प्रदेशको सरकार बनाउँदैनाैँ : सभापति थापा
देश

तीन दल मिलेर प्रदेशको सरकार बनाउँदैनाैँ : सभापति थापा

Email :61

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन  थापाले तीन दल मिलेर प्रदेशको सरकार नबनाउने बताएका छन्। ललितपुरमा आज कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताएका हुन्।

३ दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको बताए। उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए। ‘तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो । सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य होइन । सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली राजनीतिलाई अस्थिर बनाएको छ’, उनले भने ।

उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए। सभापति थापाले २०७२ सालदेखि २०८२ सम्मको १० वर्ष काला र अध्याँरा वर्ष भएको दाबी गरे। यो समयमा कांग्रेस सत्तालाई मात्र प्राथमिकतामा राखेको हिँडेको उनको भनाई छ।

Comments are closed

Related Post