Shopping cart

  • Home
  • स्वास्थ्य
  • तिलगंगा आँखा प्रतिष्ठानद्वारा मधुमेह दिवस र समयपूर्व जन्मिएका शिशुको दृष्टि सुरक्षामा विविध कार्यक्रम गर्दै
अन्तर्राष्ट्रिय

तिलगंगा आँखा प्रतिष्ठानद्वारा मधुमेह दिवस र समयपूर्व जन्मिएका शिशुको दृष्टि सुरक्षामा विविध कार्यक्रम गर्दै

Email :224

 

लेखनाथ सिकारू


काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले अन्तर्राष्ट्रिय रूपमा मनाइने विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमआयोजना गर्दै छ।

प्रतिष्ठानका प्रमुख चिकित्सकका अनुसार मधुमेह र समयपूर्व जन्मिएका शिशुहरूमा दृष्टि ह्रास र अन्धोपनको जोखिम तीव्र रूपमा बढ्दै गएकोले यस अभियानले जनस्तरमा समयमै परीक्षण र उपचारका माध्यमबाट दृष्टि जोगाउने सन्देश फैलाउने उद्देश्य लिएको हो । आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम गर्न सकिने, अन्धोपनाबाट धेरैभन्दा धेरै जनसङ्ख्यामा जनचेतना फैलाउने उद्देश्यले प्रतिष्ठानले उक्त दिवस मनाउन लागिएको प्रतिष्ठानका सी ओ ओ पिताम्वर अधिकारीले बताए ।

मधुमेह र समयअघि नै जन्मिएका नवजात शिशु जस्ता दुई महत्वपूर्ण स्वास्थ्य चुनौतीहरूमा समयमै पहिचान सचेतना र सहकार्यपूर्ण उपचारको आवश्यकता औल्याउँदै दिवस मनाउन लागेको एक पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो।

 

प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र यसका गम्भीर जटिलताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै “कार्यस्थलमा मधुमेहः थप बुझौं र रोकथाम गरौं” भन्ने नाराका साथ विविध कार्यक्र गदैै छ । अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक नौ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको र सोका कारण डाइबेटिक रेटिनोप्याथी अर्थात् मधुमेहका कारण आँखाको पर्दामा समस्या हुनसक्ने सम्भावना रहन्छ।

तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग विषेशज्ञ डा. रबा थापाका अनुसार जसको समयमा उपचार नभएमा व्यक्तिमा अन्धोपनाको समस्या निम्तन सक्छ। तिलगंगा आँखा प्रतिष्ठानले मधुमेह भएका सबै व्यक्तिहरुलाई नियमित आँखा परीक्षण गर्न आग्रह गर्दै आएको छ। आँखामा देखिने समस्यामध्ये ‘डायबेटिक रेटिनेपेथी’ दृष्टिविहीन गराउने कारणमध्ये प्रमुख कारण हो। आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको डा थापा बताउँछिन् ।

डा. थापाका अनुसार “मधुमेहका कारण आँखाको पर्दामा क्षति हुने ‘डायबेटिक रेटिनोप्याथी’ रोग समयमै पत्ता नलागे व्यक्तिले जीवनभरको दृष्टि गुमाउने जोखिम रहन्छ । नियमित आँखा परीक्षण र सन्तुलित जीवनशैली अपनाएर यस जोखिमलाई रोक्न सकिन्छ ।” डा. थापाका अनुसार “समय अघिनै जन्मिएका शिशुमा दृष्टि गुमाउने सम्भावना उच्च हुन्छ । जन्मेको २८ दिनभित्रै शिशुको आँखाको परीक्षण गर्न सके जीवनभरको दृष्टि सुरक्षित राख्न सकिन्छ ।”

त्यस्तै, डा. इलि प्रधानका अनुसार , “नेपालमा मधुमेहका बिरामीहरू तीव्र गतिमा बढ्दै गइरहेका छन् । हरेक मधुमेह भएका व्यक्तिले वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गर्न अनिवार्य हुनुपर्छ ।” उनले समयपूर्व जन्मिएका नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य गर्नुपर्ने बताउँछिन् । समयअघि नै जन्मिएका नवजात शिशुको हकमा ‘रेटिनोप्याथी अफ प्रिम्यच्युरिटी’ (आरओपी) जस्ता आँखाको रोगको जोखिम उच्च हुने भन्दै परीक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिइएको हो।

शिशुको दृष्टि जोगाउने सुनौलो अवसर पहिलो २८ दिनभित्र अनिवार्य हुनुपर्छ । नोभेम्बर १७ मा मनाइने विश्व समयपूर्व जन्मिएका नवजात शिशु दिवसका अवसरमा प्रतिष्ठानले देशभरका नवजात शिशु उपचार केन्द्र, बाल-चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्दै रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी सम्बन्धी सचेतनात्मक पहललाई प्राथमिकतामा राखेको छ ।

नोभेम्बर ८ देखि १६ सम्मको सप्ताहव्यापी अभियान अन्तर्गत “कार्यस्थलमा मधुमेहः थप बुझौं र रोकथाम गरौं” भन्ने नाराका साथ सहचेतनामूलक अडियो( भिडियो सामग्री, निर्माण सञ्चारमा सहभागिताका साथै कार्तिक २२ गते शनिबारका दिन सचेतना र्‍याली आयोजना हुँदैछ। र्‍यालीमा लाइन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ को एलसीके भिजन सर्कल र अन्य लाइन्स सदस्यहरूको पनि सहभागिता रहनेछ। साथै हप्ताभर मधुमेह सम्बन्धी निःशुल्क आँखा परीक्षण शैक्षिक कार्यक्रमहरू र बिरामी परिवार चिकित्सक अन्तरक्रिया सञ्चालन गरिनेछ।

प्रत्येक वर्ष नोभेम्बर १७ मा मनाइने विश्व समय अगाबै जन्मिएका नवजात शिशु दिवसले समय पूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राखिएको छ। समयअघि नै जन्मिएका नौजात शिशुको हकमा रेटिनो प्याथी अफ प्रिमेच्युरिटी जस्ता गम्भीर आँखा रोगको जोखिम उच्च हुन्छ। शिशुले समयमै उपचार नपाएमा दृष्टिविहीन हुने जोखिम बढेर जान्छ।

तिलगंगा आँखा प्रतिष्ठानले यस दिवसका सन्दर्भमा सचेतनात्मक अडियो भिडियो सामग्री निर्माण सञ्चारमा सहभागिताका साथै देशभरका नवजात शिशु उपचार केन्द्र र बाल चिकित्सकहरुले सहकार्यमा समय पूर्व जन्मिएका शिशुहरूको दृष्टि जोगाउनका लागि आँखा परीक्षण गर्न पहल गर्दै आएको छ।
तिलगंगाको यो अभियानले देशभरका नागरिकलाई एउटै सन्देश दिएको छ (“समयमै आँखा परीक्षण गरौं, अन्धोपनबाट बचाऔं ।”

कार्यक्रममा अस्पतालका डा. रिता गुरुङले बिरामीमो चाप र समयको मागसँग सन्ध्याकालीन सेवा ४ः ३० बजे देखि ७ः०० बजे सम्म संचालन गर्ने कार्यक्रम तय भएको बताईको छ साथै, आर्थिक रूपले कमअस्अपतालकी डा रिता गुरुजोर तथा उपचार पहुँच नभएकालाई सहुलियत सेवासमेत दिँदै आएको बताईन् ।

 

Comments are closed

Related Post