Shopping cart

देश

आजकाे माैसम यस्तो छ

Email :17

काठमाडौ । आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी तथा मध्य भागमा सरदर स्थानको आसपास र पश्चिमी भागमा सरदरभन्दा केही उत्तरतर्फ अवस्थित छ।

हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती तथा तराईका केही क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना पनि रहेको छ।

Comments are closed

Related Post