Shopping cart

  • Home
  • राजनिती
  • आज १४ मार्च महान मार्क्सको स्मृति दिवस
अन्तर्राष्ट्रिय

आज १४ मार्च महान मार्क्सको स्मृति दिवस

Email :58

सन् १८८३ को मार्च १४ अर्थात आजकै दिन कार्ल मार्क्सको निधन भएको थियो। सन् १८१८ को मे ५ मा जर्मनीको ट्रियर सहरमा जन्मिएका मार्क्सको ६५ बर्षको उमेरमा निधन भएको थियो। आज मार्क्सको मृत्यु भएको १४३ बर्ष पूरा भएको दिन हो। उनी एक महान दार्शनिक, अर्थशास्त्री, समाजशास्त्री तथा क्रान्तिकारी विचारक थिए। मार्क्सले समाजको वर्गसंघर्ष, पूँजीवादको आलोचना र श्रमिक वर्गको मुक्ति सम्बन्धी विचार प्रस्तुत गरे। उनले आफ्नो जीवनभर सामाजिक तथा आर्थिक असमानताविरुद्ध लेखन र आन्दोलनमा सक्रिय भूमिका खेले।

उनको विचार र सिद्धान्तको आधारमा वैज्ञानिक समाजवादी सिद्धान्तको जन्म भएको हो । माक्र्सवादी सिद्धान्तको निर्माणमा फ्रेडरिक एंगेल्सको निकै ठूलो योगदान छ । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले संयुक्तरुपमा लेखेको कम्युनिष्ट घोषणा पत्र सन् १८४८ मा प्रकाशित भएको थियो । कम्युनिष्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार खिचिएको छ – “अहिले सम्मको समाजको इतिहास वर्ग संघर्षको इतिहास हो” । पछि त्यसलाई सच्चाएर यस्तो लेखिएको थियो –“आदिम साम्यवादी समाज बाहेकअहिले सम्मको समाजको इतिहास वर्ग संघर्षको इतिहास हो” । घोषणा पत्रमा लेखिएको छ – “पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक अन्तरविरोधका कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ । अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ” ।

मार्क्सको पिता हेनरिक मार्क्स एक सफल वकील थिए । जसले प्रसियाको संविधानको निम्ति आन्दोलनमा भाग लिएका थिए । उनकी आमाको जन्मथलो हल्याण्ड थियो, माता–पिता दुवै यहूदी थिए । कार्ल मार्कसले प्रसियाका उक धनाढ्यकी छोरी जेनी वोन् वेस्ट् फ्यालेन् सँग सन् १८४३, १९ जून मा बिहे गरेका थिए । मार्क्स र जेनिका सात जना सन्तानहरू भए तर गरीबीको कारणले तीन जना मात्र जीवित रहे । मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक् एंगेल्स्बाट पाएको सहयोग थियो ।

१४ मार्च १८८३ को दिन लन्डनमा माक्र्सको  निधन भयो । उनको परिवार र साथीहरुले उनको अन्तिम संस्कार १७ मार्च १८८३ का दिन लन्डनमा नै गरे । मार्क्सको समाधिमा यो सन्देश लेखिएको छ:  Workers Of the world,unite. सांस्कृतिक इतिहासकारहरू कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृङ्खलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् ।

कार्ल मार्क्स जन्मिएको ट्रियर शहरमा सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको अधिनस्थ थियो र त्यसवेलासम्म पनि सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्तिको प्रभाव बलियो थियो । मार्क्स त्यो समयमा जन्मिएका थिए, जुनवेला सम्पूर्ण युरोपमा नयाँ खालको जागरण आइरहेको थियो । बेलायतमा सम्पन्न पहिलो औद्योगिक क्रान्तिको विस्तार पश्चिम युरोप हुँदै पूर्वी युरोपतिर फैलिरहेको थियो । बेलायत, स्पेन, फ्रान्स, पोर्चुगल आदि आफ्ना–आफ्ना साम्राज्यहरू विस्तार गर्न लागिपरेका थिए र एक–अर्कासँग प्रतिस्पर्धा गरिरहेका थिए । पर्याप्त मात्रामा उत्पादन गर्ने र बेच्ने अनि नाफा आर्जन गर्ने धन्दा चलिरहेको थियो ।

यो कमाउ धन्दा बढिरहँदा फ्रान्सेली क्रान्ति ताका लागेका नारा ‘स्वतन्त्रता’ ‘समानता’ र ‘भातृत्व’ क्रमशः ओझेलमा पर्दै गइरहेका थिए । कृषिबाट उद्योगमा रूपान्तरण गर्ने प्रक्रिया तीव्र हुँदै जाँदा बहुसंख्यक मानिसको जीवन कठिन बन्दै गएको थियो । त्यो विषम परिस्थितिले मार्क्सलाई आमूल परिवर्तनकारी समाजवादी व्यवस्था हुँदै साम्यवादतर्फ आकर्षित हुने वातावरण बन्यो ।

उनी स्थानीय तहको शिक्षा सकेपछि सर्वप्रथम बोन विश्वविद्यालयमा कानुनको विद्यार्थी बने, त्यसपछि सांस्कृतिक केन्द्रका रूपमा रहेको बर्लिन विश्वविद्यालय गएपछि दार्शनिक जर्ग विल्हिम फ्रेडरिक हेगलका युवा अनुयायीहरूको संगतमा परेपछि इतिहास र दर्शन पढे ।यस अवधिमा मार्क्सले धेरै कविता र निबन्धहरू लेखे । उनका रचनामा उनका पिताबाट अर्जित उदार तथा धार्मिक भाषाको प्रयोग गरिएकोछ, तर पछि गएर उनी नास्तिक बनेका थिए ।

सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकाले । पत्रिकामा किसानमाथि गरिएको विभेदविरुद्ध लेखिएपछि सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो । त्यसपछि उनले राजनीतिक अर्थशास्त्र पढ्न थाले । पहिलो ‘कन्ट्रिब्युसन टु दी क्रिटिक अफ हेगल्स फिलोसोफी अफ ल’ र ‘अन दी जिउइस क्वेस्चन’ । सन् १८४४ मा मार्क्स र एंगेल्सले १० दिन सँगै बसेर ब्रुनो बुयरको ‘सेपरेसन अफ फिलोसोफिकल क्रिटिक’को विपक्षमा ‘दी होली फ्यामेली’ लेखे । त्यहीँदेखि दुईजनाबीच जीवनपर्यन्त सहकार्य सुरु भयो ।

पर्सियन  सरकारले दबाब दिएपछि मार्क्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्स पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ छापियो । जुन बृहत् अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै मार्क्स इंग्लैन्ड पुगे र राजनीतिक अर्थशास्त्र, अंग्रेजी समाजवाद पढ्न थाले श्रमजीवि सङ्गठनका नेताकार्यकर्तासँग सम्बन्ध बढाए  ।दुईजना मिलेर १८४५ मै जर्मन आइडोलोजी नामक पुस्तक लेखे, १८४८ मा प्रुधोँको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकशित भयो । ब्रसेल्समा बस्दा मार्क्स सङ्गठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदान–प्रदानका लागि अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरे ।त्यही सञ्जाल पछि गएरसन १९६४मा ‘ अन्तर्राष्ट्रिय मजदुरहरुको संघ’का रूपमा स्थापित भयो । जसलाई ‘प्रथम अन्तर्राष्ट्रिय’ भनिन्छ । १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीँ रहे ।

माक्र्सवाद अन्य सैद्धान्तिक अवधारणाभन्दा ऐतिहासिक उत्खननका कारण भिन्न छ । जसलाई हामी माक्र्सवाद भन्छौँ, त्यो कल्पनामा होइन, ऐतिहासिक सत्यतथ्यमा आधारित छ । मार्क्स भन्छन्, ‘मान्छेले आफ्नो इतिहास आफैँ बनाउँछ, कसैलाई खुसी पार्न कसैले पनि इतिहास बनाउँदैन’ । बुर्जुवा क्रान्तिका पक्षधरले यो ऐतिहासिकताका आधारमा हेर्ने दृष्किोणको विरोध गरेका छन् । उत्पादनका साधनमाथिको स्वामित्व र उत्पादन प्रक्रिया तथा उत्पादन सम्बन्धको आधारको समाजको व्याख्याको विकल्पमा म्याक्स वैवरले ‘पुँजीवादी समाज र त्यसका क्रियाकलाप बुझ्न सीमान्त उपयोगिताको सिद्धान्तलाई’ प्रारम्भिक औजारका रूपमा प्रयोग गरे । वर्गको व्याख्यालाई उनले राजनीतिक मुद्दाबाट विशुद्ध ‘आर्थिक श्रेणी’मा ओराले । अहिलेसम्मका पुँजीवादी समाजशास्त्रीहरू वैवरकै धरातलमा उभिएर माक्र्सवादको विरोध गर्ने गर्छन् ।

‘पूँजी ,भाग १’ प्रकाशित भएपछि माक्र्सको मृत्यु भयो । उनका नोटबुक र तत्काल उपलब्ध सामग्रीका आधारमा एंगेल्सले पूँजी’को भाग २ र ३ प्रकाशमा ल्याए । मार्क्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । विज्ञान प्रविधिको विकासले ल्याउने परिवर्तन अर्को अर्थमा हरेक औद्योगिक क्रान्तिले ल्याउने परिवर्तन, हरेक परिवर्तनभित्र विकसित हुने कामदार शक्ति कसरी निर्माण हुन्छ, त्यो कामदार शक्ति कसरी प्रशिक्षित हुन्छ र कस्ता संगठकले तिनलाई डोराउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्छ ।

आर्थिक–सामाजिक परिस्थिति, श्रमजीवि शक्तिको प्रशिक्षण, राज्यको नीतिले निर्धारण गर्ने वर्ग संघर्ष र क्रान्तिपछिको रूपान्तरण प्रक्रिया यो अध्ययनसँग जोडिने महत्त्वपूर्ण कडी हुन् । त्यसैले ठीकठीक विश्लेषण गर्न र एक्सनमा उत्रन त्यति सजिलो छैन त्यसैले माक्र्सको एउटा प्रसिद्ध भनाइ छ, ‘विज्ञानसम्म पुग्न बनिबनाउ राजमार्ग हुँदैन’ । ‘मार्क्सवाद’, बाइबल, कुरान, वा गीता होइन, जसलाई कण्ठस्थ गरेर कथित ‘मुक्ति’ प्राप्त होस् । आजसम्म जेजति समाजवादी क्रान्ति सम्पन्न भए मार्क्सवादी विधिअनुरूप आफ्नो वर्गसंघर्षको इतिहास, तत्कालीन समाजको आर्थिक सामाजिक संरचना, तत्कालीन राज्यको प्रकृति र प्रवृत्ति, समाजमा विद्यमान वर्गसंघर्ष आदिलाई गहिरोसँग केलाएर बहुसंख्यक जनतालाई संगठित गर्दै सफलता प्राप्त गरे  ।

मार्क्सवादी अध्ययन विधिकै कारण पछिल्ला मार्क्सवादीहरू ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गरेर क्रान्तिलाई डोराए । रुसको अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति वा क्युबाली क्रान्ति सबै आ–आफ्ना परिवेशमा आ–आफ्ना व्याख्या र विश्लेषणका आधारमा सम्पन्न भएका थिए । ती सबैको संघर्षको प्रकृति भिन्नाभिन्नै थियो ।परिस्थिति र श्रमजीवी सर्वहारा वर्गको सामाजिक र सांस्कृतिक अवस्था भिन्नाभिन्नै थियो । समाजवाद कसरी लागू गर्ने भन्ने विषय कार्यक्रम पनि स्वाभाविक रूपमा फरक–फरक थिए । किनकि पूर्णरूपमा विकसित पुँजीवादी समाजको रूपान्तरण र अर्को पछौटे कृषि प्रधान देशको रूपान्तरण कपी गर्न मिल्दैनथ्यो । ज–जसले नीति निर्माण, कार्यक्रम र विचार हुबहु सार्न कोसिस गरे ती नराम्रोसँग पछारिए । जसले आफ्नो समाज विश्लेषण धरातलीय यथार्थमा रहेर राम्ररी केलाएर अगाडि बढे तिनीहरू सफल भए ।

केही नवउदारवादी पुँजीवादी पक्षधर विद्वानहरूले सोभियत सङ्घ तथा पूर्वी युरोपको विघटनपछि इतिहासको समाप्तिको घोषणा गरे । यसको अर्थ पुँजीवादको विकल्पमा रहेको समाजवादको अन्त्य र सँगसँगै मार्क्सवादको अन्त्य भएको घोषणा गर्ने कसरत थियो त्यो । कसैकसैले मार्क्सवाद विज्ञान र प्रविधिमैत्री नभएको घोषणा पनि गरिदिए । कसैकसैले पुँजीमैत्री नभएकाले विकासमैत्री नभएको आरोप लगाउन चुकेनन् ।तर, तिनले समग्रतामा के बुझेनन् भने यदि समाजवादले खोजेजस्तो सम्पत्तिको वितरण र पुनर्वितरण अवरुद्ध भयो भने आममानिस उत्पादन र उत्पादनका साधनबाट वञ्चित हुन्छन्, त्यसको अर्थ पुँजी सञ्चिति तथा पुँजी निर्माणसमेत अवरुद्ध हुन्छ । यसको अर्थ सम्पूर्ण वस्तु तथा सेवाको उत्पादन र पुनर्उत्पादनमा नकारात्मक असर पर्छ । त्यसले सम्पूर्ण अर्थतन्त्रमा मात्र होइन, सामाजिक संकट खडा हुन पुग्छ । आजसम्मका सबै वैज्ञानिक आविष्कार र विकास व्यक्तिगत निजी सम्पत्ति आर्जनका लागि नभएर समाजकल्याणका खातिर भएका हुन् भन्ने बुझ्न पुँजीवादीहरूले चाहदैनन् ।शिक्षा, स्वास्थ्य रोजगारीमा आमजनताको पहुँच पुर्याउन र राज्यको दायित्वको पहिचान बढाउन माक्र्सवाद औजार बन्न पुगेको थियो । दासका रूपमा भित्र्याएका काला जाति र सम्पूर्ण महिलाहरूलाई मतदानको अधिकार दिने आधार मार्क्सवादका नाममा भएका क्रान्तिको अगुवाइमा भएका थिए ।

माक्र्सवाद विज्ञान हो । यसलाई समय र परिस्थिति अनुसार प्रयोग गर्न जान्नु पर्दछ । माक्र्सवादलाई विकास गर्दै जानुपर्ने हुन्छ ।

Comments are closed

Related Post