साउन १९ काठमाडौं नेकपा (एकीकृत समाजवादी)निकट बिद्यार्थी संगठन अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीले एसईई २०८२मा विभिन्न बिद्यालयबाट उत्कृष्ट अंकसहित उतिर्ण गर्ने बिद्यार्थी एवम् कलेजका प्रधानाध्यापकलाई सम्मान गरेको हो।काठमाडौं स्थित पर्यटन बोर्डको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल हुनुहुन्थ्यो।
उक्त पार्टिका अन्य नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।उक्त कार्यक्रममा एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुली लगायतले संबोधन गरेका थिए।उक्त कार्यक्रममा बोल्नुहुँदै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संघर्षबिना कुनै पनि सफलता प्राप्त नहुने बताउनुभयो।कार्यक्रममा विभिन्न बिद्यालयबाट उल्लेख्य संख्यामा बिद्यार्थी एवम शिक्षकहरुको उपस्थिति थियो।

















Comments are closed