Shopping cart

  • Home
  • स्वास्थ्य
  • नेपालमा रुबेला रोग निवारण भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
अन्तर्राष्ट्रिय

नेपालमा रुबेला रोग निवारण भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

Email :158

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । डब्ल्यूएचओले सोमबार विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले निकालेको विज्ञप्तिमा नेपालले प्राप्त गरेको सफलताले शिशुहरूका लागि स्वस्थ जीवनको शुरुआत र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उल्लेख छ ।

विज्ञप्तिमा स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमसमुदायको चासो र सहयोगको परिणाम यो उपलब्धि प्राप्त भएको उल्लेख गरिएको छ । नेपाल दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौं देश बनेको छ ।

Comments are closed

Related Post