Shopping cart

  • Home
  • समाज
  • कक्षा १२ को परीक्षा फल सार्वजनिक, २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण- (यसरी हेर्नुहोस् नतिजा)
देश

कक्षा १२ को परीक्षा फल सार्वजनिक, २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण- (यसरी हेर्नुहोस् नतिजा)

Email :110

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। वैशाख २१ देखि जेठ २ गतेसम्म चलेको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा ५ लाख १० हजार ९८७ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

नियमिततर्फ २ लाख ४२ हजार ४६५ जनाले ग्रेड प्राप्त भएका छन्। त्यस्तै आंशिकतर्फ ४१ हजार ८४० जना ग्रेड प्राप्त गरे। नियमिततर्फ ६१ दशमलब १७ प्रतिशत, आंशिकतर्फ ३६ दशमलमले ४९ ग्रेड ल्याएका छन्।

सबैभन्दा धेरै २८ हजार ३५६ जनाले अङ्ग्रेजीमा ननग्रेड ल्याएका छन्।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ।

Comments are closed

Related Post