Shopping cart

  • Home
  • समाज
  • श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धमा सात मजदुर संगठनको असहमति
Uncategorized

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि सम्बन्धमा सात मजदुर संगठनको असहमति

Email :126

काठमाडौ । सरकारले बढाएकाे श्रमिककाे न्युनतम बेतन वृद्धिमा सात श्रमिक संगठनले असहमति जनाएका छन् । विभिन्न सात मजदुर संगठनका नेताहरुले प्रेस विज्ञप्ति मार्फत आफ्नो संगठनकाे विमति रहेको बताएका छन् ।

असहमति जाहेर गर्नेमा एकीकृत ट्रड यूनियन महासंघ,नेपालका अध्यक्ष विष्णुप्रसाद लम्साल, समाजवादी ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष गाेपाल राई, समाजवादी ट्रेड यूनियन महासंघ अर्जुन लम्साल,युवराज विक अध्यक्ष, स्वतन्त्र ट्रेड यूनियन महासंघ रहेका छन् ।

यस्तै असहमति जनाउनेमा पेसागत महासंघ नेपालका अध्यक्ष विकास नेपाल,राष्ट्रिय ट्रेड यूनियन महासंघका अध्यक्ष केशबराज अधिकारी, विष्णुप्रसाद पौडेल अध्यक्ष नेपाल समाजवादी ट्रेड युनियन महासंघले संयुक्तरूपमा विज्ञप्ति निकालेर विराेध जनाएका छन् ।

मजदुर नेताहरुले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ-`हरेक दुई वर्षमा हुनु पर्ने न्युनतम बेतन वृद्धिमा सत्ताधारी दुईवटा संगठनले सहमति गरेका छन् । उनिहरुले श्रमिकको पक्षमा नभई मालिककाे हित हुने गरि काम गर्नुले श्रमिकको सामान्य खर्च चलाउन पनि नपुग्ने अबस्था छ। हामीले सरकारी तल्लो स्तरकाे कर्मचारी साे सरह मजदुरकाे बेतनकाे माग गरेका हौ।´तर सरकारले त्यसकाे विपरीत महंगी भत्ता भनेर २२ सय पारिश्रमिक वृद्धि गरेकाेले मजदुर संगठनलाई मान्य नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सत्ताधारी संगठनकाे रबैयाले अन्य संगठनलाई कमजोर र विभाजीत गरि राेजगारदाता कम्पनी बलियो हुने छन् । यस्तो खाले प्रबृतिले श्रमिक बर्ग सधैं चेपुवामा पर्ने देखिन्छ । तसर्थ सम्पूर्ण मजदुर महासंघ एकजुट हुनुकाे विकल्प नभएको सातै संगठनका अध्यक्षले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ।

Comments are closed

Related Post