Shopping cart

देश

आज संघीय संसदका तीन समितिको बैठक

Email :36

काठमाडौं । संघीय संसदअन्तर्गतका तीनवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। विभिन्न समसामयिक विषयमा छलफल गर्न विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले छुट्टाछुट्टै बैठक आयोजना गरेका हुन्।

संघीय संसद सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति को बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारी र त्यससँग सम्बन्धित विषयमा विस्तृत छलफल गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समिति को बैठक पनि बिहान ११ बजे नै बस्नेछ। उक्त बैठकमा समितिका सदस्यहरूको अभिमुखीकरण कार्यक्रम तथा त्यसको व्यवस्थापनसम्बन्धी विषयमा विचारविमर्श गरिनेछ।

यता संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक अपराह्न २ः३० बजे बस्ने तय भएको छ। बैठकमा दक्षिणी सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको शान्ति सुरक्षा, सीमा क्षेत्रमा देखिएका चुनौती तथा आवश्यक सुधारका उपायबारे छलफल हुने जनाइएको छ।

Comments are closed

Related Post