Shopping cart

  • Home
  • समाज
  • आन्तरिक सहमति र एकताबिना राष्ट्रिय एकता सम्भव छैन- शेखर कोईराला
देश

आन्तरिक सहमति र एकताबिना राष्ट्रिय एकता सम्भव छैन- शेखर कोईराला

Email :33

काठमाडाैँ । नेपाली का‌ग्रेसका नेता डा. शेखर काेइरालाले पाटीकाे आन्तरिक सहमति र एकताबिना राष्ट्रिय एकता सम्भव नभएकाे बताएका छन् । आज बुधबार विपी स्मृति दिवसकाे अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा सम्बाेधन गर्दै काेइरालाले यस्ताे बताएका हुन् ।

उनले पार्टीमा समन्वयको अभाव रहेको तथा एकलौटी ढंगले पार्टी सञ्चालन गरिएको आरोप लगाउँदै पार्टीको वर्तमान अवस्था गम्भीर रहेको बताए। पार्टीलाई संकटबाट बाहिर निकाल्न सबै पक्षबीच संवाद, सहमति र एकता आवश्यक रहेको उनको भनाइ थियो।

कोइरालाले राष्ट्रिय सहमति र एकताको कुरा गर्ने नेतृत्वले सबैभन्दा पहिले पार्टीभित्रको आन्तरिक एकता कायम गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्र विश्वास, सहकार्य र समन्वयको वातावरण बनेपछि मात्र देशलाई सही दिशामा अघि बढाउन सकिने धारणा व्यक्त गरे।

Comments are closed

Related Post