Shopping cart

  • Home
  • समाज
  • विश्व शान्तिको सन्देशसहित काठमाडौं-लुम्बिनी साइकल यात्रा गर्ने
अन्तर्राष्ट्रिय

विश्व शान्तिको सन्देशसहित काठमाडौं-लुम्बिनी साइकल यात्रा गर्ने

Email :37

काठमाडौं ।  विश्व शान्तिका लागि लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखदेखि काठमाडौं–लुम्बिनी चारदिने साइकल यात्रा आयोजना गर्ने भएको छ।

विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनीस्थित द युनिभर्सल पिस स्यानचुरीले १५ वैशाखमा काठमाडौंदेखि लुम्बिनीसम्म चारदिने साइकल यात्रा हुने भएको छ । ‘शान्तिका लागि साइकल यात्रा’ मा १ सय ८ साइकलयात्री सहभागी हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

सहभागीहरू काठमाडौंबाट हेटौंडा, नारायणघाट, कावासोती, दाउन्ने र भैरहवा हुँदै लुम्बिनी पुग्नेछन् । विश्वका विभिन्न भागमा युद्ध र द्वन्द्व जारी रहेको अवस्थामा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन साइकल यात्रा आयोजना गरिएको आयोजकले जएको छ ।

आयोजकका अनुसार विश्वभर युद्ध र द्वन्द्व बढिरहेका बेला करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको हो। १ मेमा लुम्बिनीमा मायादेवी मन्दिर दर्शन, बोधिवृक्षमुनि ध्यान, विश्व शान्तिका लागि प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम हुनेछ। २ मेमा ध्यान कार्यक्रमसँगै श्याल्पा रिन्पोछेद्वारा लिखित ‘द पाथ टू पर्फेक्ट फ्रिडम’ को नेपाली अनुवाद सार्वजनिक गरिनेछ।

budda

कार्यक्रम तालिका:
उद्घाटन: अप्रिल २८, काठमाडौं
समापन: मे १ (Buddha Purnima) लुम्बिनीमा
यात्रा मार्ग: काठमाडौं → हेटौंडा → नारायणघाट → कावासोती → दाउन्ने → भैरहवा → लुम्बिनी

आयोजकका अनुसार विश्वका विभिन्न भागमा जारी युद्ध र द्वन्द्वको सन्दर्भमा करुणा, अहिंसा र शान्तिको सन्देश फैलाउने उद्देश्यले यो यात्रा आयोजना गरिएको हो।

लुम्बिनीमा विशेष कार्यक्रमहरू:
माया देबी मन्दिर दर्शन
बोधिवृक्षमुनि ध्यान
विश्व शान्तिका लागि विशेष प्रार्थना
दीप प्रज्वलन

अर्को दिन ध्यान कार्यक्रमका साथै श्याल्पो रिम्पोचेद्वारा लिखित पुस्तक “The Path to Perfect Freedom” को नेपाली अनुवाद सार्वजनिक गरिनेछ।

श्याल्पा रिन्पोछेले United Nations, World Economic Forum र White House जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, लुम्बिनी र विश्व शान्तिको सन्देश प्रवाह गर्दै आएका छन्। यो यात्रा केवल भौतिक दूरी पार गर्ने अभियान होइन, मानवता, सह-अस्तित्व र विश्व शान्तिको भावना फैलाउने प्रयास पनि हो।

Comments are closed

Related Post