Email :74
काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । काठमाण्डौको आकाशमा आज बिहानैदेखि बादल लागेको छ । दिउँसो पनि बादल लाग्ने र हिजोजस्तो पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले बताएका छन् ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले धेरै ठाउँमा मौसम बदली हुनुका साथै तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पछिल्लो एक हप्तायता तराईका धेरै ठाउँमा हुस्सु र कुहिरोले जनजीवनक कष्टकर बन्दै आएको छ














Comments are closed