Shopping cart

  • Home
  • स्वास्थ्य
  • तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी
देश

तमोर करिडोरमा गाडी दुर्घटना, क्षतिको विवरण आउन बाँकी

Email :107

काठमाडौँ । तमोर करिडोरमा सवारी दुर्घटना भएको  छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।

प्रहरीका  अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

 

दुर्घटनामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । “हामीलाई खबर आएको छ, उद्धारका लागि प्रहरी टोली पठाइसकेका छौँ,” ती प्रहरी अधिकृतले  भने, “अहिले नै क्षतिको यकिन विवरण आइसकेको छैन।”

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments are closed

Related Post