Shopping cart

  • Home
  • समाज
  • महिला कलाकर्मी सम्मानित
अर्थ

महिला कलाकर्मी सम्मानित

Email :114

काठमाडौं । मिलाप मासिकले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी चौथो विशेष उत्सव सम्पन्न गरेको छ।
प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यता, काठमाडौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको विशेष आतिथ्यतामा तथा मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाका विभिन्न विधामा कार्यरत महिलालाई सम्मान गरिएको छ।

 

नृत्य, गायनलगायतका सांस्कृतिक कार्यक्रमबाट आरम्भ भएको कार्यक्रममा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायतलाई सम्मान गरिएको थियो।

 

कार्यक्रमकी सभापति गीता अधिकारीले सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न कार्यक्रम गरिएको बताइन्। कार्यक्रममा स्वस्तिका गिरी र उर्मिला खत्री (रिया) ले नृत्य तथा गायिका मञ्जु थापा, शोभा पाण्डे र सारिका घिमिरेले गीत प्रस्तुत गरेका थिए।

Comments are closed

Related Post