Email :102
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिक दलमा आबद्ध हुन संविधानले नरोकेको बताएका छन् ।
काठमाडौंमा आयोजित नेकपा एमालेको लोकतान्त्रीकरण विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानमा नरहेको व्यवस्थालाई कुनै एउटा पार्टीले विधान बनाएर र निर्णय गरेर रोक्न नमिल्ने बताए ।
उपाध्यक्ष पाण्डेले विधान महाधिवेशनमा यसबारे आफूहरुले विषय उठान गर्ने बताए । संविधानले निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ मात्रै भनेको उनको भनाइ छ ।
लोकतान्त्रिक अधिकारलाई उल्लंघन गर्नेकुरा कुनै राजनीतिक दलहरुले गर्न नहुने पनि उनले स्पष्ट पारे ।














Comments are closed