Shopping cart

  • Home
  • स्वास्थ्य
  • डडेल्धुरामा जीप दुर्घटना चारजनाको मृत्यु, चार घाइते
देश

डडेल्धुरामा जीप दुर्घटना चारजनाको मृत्यु, चार घाइते

Email :172

धनगढी। डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने जीप चालकसहित चार जना घाइते भएका छन् ।
नवदुर्गा गाउँपालिका-५ चामाचौडबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

 

दुर्घटनामा नवदुर्गा-५ काकलावती साउद, सुरेश साउद, तारा अवस्थी र सुरेश पार्कीको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घटनामा घाइते हुनेमा नवदुर्गा-५ का १८ वर्षीया सुशीला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।

Comments are closed

Related Post