Email :137
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा र झाडापखाला नियन्त्रणका लागि प्रतिकार्य सुरू गरेको छ।
रेडक्रसको पर्सा शाखामार्फत प्रभावित क्षेत्रका घरघरमा पुगेर सरसफाइ, खानेपानी शुद्धीकरण, हातधुने अभ्यास र बिरामीलाई स्वास्थ्य केन्द्रमा लैजान सहयोग गर्न ३० स्वयंसेवकलाई अभिमुखिकरण गरी परिचालन गरिएको हो।
आईएफआरसीको आपत्कालीन विपद् कोषको आर्थिक तथा प्राविधिक सहयोगमा जीवनजल, क्लोरिन, सरसफाइ सामग्री वितरण र हातधुने अभ्यास प्रवर्द्धनजस्ता गतिविधि सञ्चालन भइरहेको छ। स्वास्थ्य मन्त्रालयमार्फत ३०० प्याकेट जीवनजल अस्पतालहरूलाई उपलब्ध गराइएको छ।
सुख्खा प्रभावित क्षेत्रमा सञ्चालित खडेरीसम्बन्धी कार्यक्रमअन्तर्गत साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ अभियान पनि तीव्र रूपमा अघि बढाइएको रेडक्रसले जनाएको छ।














Comments are closed