Shopping cart

  • Home
  • Uncategorized
  • विश्व शान्ति यात्रामा आलोकाको भुमिका
Uncategorized

विश्व शान्ति यात्रामा आलोकाको भुमिका

Email :79
सीता ओझा
अहिले  चलिरहेको बौद्ध भिक्षुहरुको शान्ति र करुणा यात्रा  “Walk for Peace”  सन् २०२५ अक्टोबर २६ अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थमा रहेको हुङ दाओ विपसाना केन्द्रीयबाट सुरु भएको हो । यो यात्राले दस अमेरिकी राज्यहरुसँग शान्ति र करुणाको मार्ग अबलम्बन गर्ने उदेश्य लिएर मौनताभित्र शान्ति र करुणाको भिक्षाटन खोजिरहेको छ। यो यात्रा करिब २,३०० माइल (३,७०० किलोमिटर) लामो छ । यो यात्रा फेब्रुअरी २०२६ मा वासिङ्टन डी.सी. मा समाप्त हुने अपेक्षा गरिएको छ।
     यात्राको उदेश्यसँग शान्ति सद्भाव ,माया ,दया, करुणा र एकता प्रतिको जागरूकता जोडिएको भएपनि साथमा हिडेको आलोक नामाकरण गरिएको कुकुरले  यात्रालाई रोचक,रहस्यमय र विशेष बनाएको छ ।
आलोक नाम गरेको त्यो कुकुर  यात्रामा जोडिनुअघि  भारतको कलकत्ताको व्यस्त गल्लिमा दौडने सामान्य भुसिया कुकुर मात्रै थियो । सन २०२२ मा भएको शान्ति यात्राको ११२ दिने पैदल यात्रामा  त्यो कुकुरले हिँडिरहेका भिक्षुहरुको समुहलाई पछ्यायो । आलोकले त्यसबेला         उनिहरूसँगै घाम,पानी, हावा हुण्डरी सहँदै भिक्षुहरु यात्राभर जर्वजस्ति हिडिरह्यो । पछि भिक्षुले त्यसलाई स्विकार्दै आलोक नामाकरण गरिदिए । त्यहि कुकुर अहिले सात समुन्द्रपारीको यात्रामा जोडिएको छ।  मान्छे भन्दा चेतना कम भएको त्यो अबोध प्राणीको दृढता र सहासले अहिले सामाजिक सञ्जाल रङ्गाएको छ । भिक्षुहरु सरह आलोकले पनि असीदिनको यात्रा पुरागरिसक्यो । आलोक थाकेको छैन् । अहिले भिक्षुहरुले मात्रै होइन, सम्पुर्ण अमेरिकी नागरिकसहित विश्व मानवजातीले माया गरिरहेको छ।
यो यात्राको प्रमुख उद्देश्य  विश्व शान्ति, एकता, करुणा र अहिंसाको सन्देश फैलाउनु हो।  यो यात्रासँग एउटा कुकुर पनि जोडिएको छ। यसरी जोडिएको कुकुरको नाम आलोका हो। आलोक नामको अर्थ संस्कृतमा “दिव्य प्रकाश” हुन्छ। यो भारतीय भुमिको सामान्य भुसिया कुकुर हो । यो कुकुर  सन् २०२२ मा भारतको कोलकाताको सडकमा ११२ दिने पदयात्रामा भिक्षु भिक्खु पन्नकारासँग यात्रामै जोडिएको थियो । भिक्षुहरुको पदयात्रामा यसरी जोडिएको त्यो कुकुरको नामाकरण गर्दा आलोका नाम दिइयो । त्यो समय आलोका ती भिक्षुहरुको पछि लागेर कोलकाताबाट नेपाल सीमासम्मको यात्रामा सामेल भएको थियो । यात्राको क्रममा आलोका गम्भीर बिरामी  पर्यो ।
भिक्षुहरुले यसलाई बोकेर उपचार गरे र बचाए। भारतको शान्ति यात्रापछि  अहिले तिनै भिक्षुहरुले आलोकालाई अमेरिकाको शान्ति र करुणा यात्रामा जोडेका छन् । अहिले आलोका पनि शान्ति र करुणाको प्रतीक बनेको विश्व चर्तित बनेको देखिन्छ ।
विश्वका धेरै देशहरू  लामो समयदेखि आन्तरिक द्वन्द्व (जातीय/धार्मिक/राजनीतिक विभाजन, गृहयुद्ध, गुटबन्दी) र बाह्य हस्तक्षेप (विदेशी शक्ति,छिमेकी देश वा महाशक्तिहरूको सैन्य/आर्थिक/प्रॉक्सी सहयोग) का कारण अशान्त बनेको अवस्था छ। झैझगडा र युद्धले मानव मस्तिष्कमा आतंक र तनाव सृजना भएको छ। विश्वमा देखिएको शक्तिको होडबाजीले राजनीति मात्रै होइन हरेक मानिसमा जीवन र जगतबाटै निरासा छाएको अवस्था छ। विस्तारै युद्धको त्रासले मानवजीवनमाथि संकट, विस्थापन र हिंसा बढिरहेको देखिन्छ ।
अंग्रेजी नयाँ वर्ष  २०२६ ले खुसी र उमङ्ग साटिरहेको बेला विश्वभर बढिरहेको अशान्तिको अवस्था सुचनाको विश्लेषण गर्दा, विभिन समूहले गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाउँछ।
(ACLED Conflict Watchlist, CFR Conflicts to Watch, International Crisis Group, IRC Watchlist आदिका  अनुसार )
सुडान : आन्तरिक रूपमा SAF र RSF बीचको गृहयुद्धमा जोडिएको छ। यहाँका युद्धकोक्रममा १५०,०००+ को मृत्यु भइरहेको छ। बाह्य हस्तक्षेपको कारण युद्ध लम्ब्याएको छ। फेमिन,विस्थापन र अकालको जोखिम उच्च बन्दै गएको छ।युक्रेन  रूसको आक्रमण ,बाह्य हस्तक्षेप छँदैछ । आन्तरिक रूपमा पूर्वी क्षेत्रमा युद्ध जारी नै छ। NATO/पश्चिमी सहयोग vs रूसी दबाबले अशान्ति बढाएको छ । म्यानमारमा सैन्य जुन्टा vs प्रतिरोधी समूहहरूको गृहयुद्ध जिउँदै छ ।सिरियामा गृहयुद्ध पुनः उग्र बनिरहेको छ। इस्लामिक स्टेटको पुनरुत्थान, इजरायल/तुर्की/रूस/ईरानको सैन्य हस्तक्षेपले देश खण्डित हुने अवस्थातिर गइरहेको भान हुन्छ।
भेनेजुएलाको आन्तरिक राजनीतिक,आर्थिक संकट देखाएर  अमेरिकी सैन्य दबाब र हस्तक्षेपको कारण मदुरो सरकारलाई हटाउने प्रयासले अस्थिरता बढाएको छ। हाइटीमा पनि हिंसा र आतंकले बसिनसक्नु छ। सरकारको कमजोरी र  बाह्य  हस्तक्षेपको कारण केन्या पनि संकटग्रस्त छ। पाकिस्तान अफगानिस्तानसँग सीमा समस्या र बाहिरि प्रभावको कारण स्थिर शान्तिको सम्भावना घटेर गइरहेको अवस्था छ। यमन,हूती,साउदी,ईरान,अमेरिका,बेलायतको प्रॉक्सी युद्ध जस्ता घटनाक्रमले घुनचक्रमा परेको देखिन्छ ।  विश्वभरको यो अशान्ति शक्तिशाली राष्ट्रले निमुखा राष्ट्रको स्रोतको नियन्त्रण गर्न गरिएको भू-राजनीतिक राजनीतिले अशान्ति बढाएको प्रष्ट हुन्छ ।
अर्को जेनजी उमेर समूहको आन्दोलनले (Generation Z) मुख्य रूपमा भ्रष्टाचार, आर्थिक असमानता, बेरोजगारी, जलवायु परिवर्तन, र राजनीतिक दमनविरुद्ध केन्द्रित भएर गरेको विद्रोहले पनि विश्वमा फरक ढङ्गले हिंसा भड्किरहेको छ। उनीहरूले सामाजिक सञ्जाल मार्फत डिस्कर्डबाट नेतृत्व चयन गरे। सन २०२५ मा यस्ता आन्दोलनहरूले विशेष रूपमा गति लिंदै नेपाल,इन्डोनेसिया, पेरु,माडागास्कर,मोरोक्को,केन्या,बंगलादेश जस्ता देशहरूमा सरकारका प्रतिनिधिहरुलाई लखेट्दै सरकारलाई  ढालिदिए। विश्वका भएका पछिल्ला ती आन्दोलनका साझा कारणहरूमा युवाहरूको लागि रोजगारीको कमी (विश्वभरि २५% युवा बेरोजगार), बढ्दो असमानता, भ्रष्टाचार र राजनीतिक प्रणालीमा विश्वासको कमीको कारण सुजना भएका समस्याको उचित सम्बोधन नभएको नै प्रमुख कारणसहित जलवायुमा आएको परिवर्तन,प्रविधिको विकाससँग जोडिएको एआई र रोबोटिक्सले रोजगारी खोस्ने डरले पनि युवाहरू उत्तेजित भइरहेको जस्तो देखिन्छ ।
जेनजी आन्दोलनको सकारात्मक प्रभावको रुपमा  धेरै देशहरूमा निरङ्कुश र पुरानो नेतृत्वमा रहेका सरकारहरू ढले,नीतिहरू परिवर्तन भए  र जनजीविकासँग जोडिएका धेरै कुरासँग परिवर्तन खोजेका छन् । राजनीतिबाट निरुत्साहित युवाहरूलाई राजनीतिक रूपमै सशक्त बन्ने अवस्था र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने विषयमा युवाले नै चासो लिएको देखियो ।
नकारात्मक प्रभाव हेर्दा हिंसात्मक दमनले हजारौंको ज्यान गयो (उदाहरण: इरानमा २०००+ मृत्यु, नेपालमा १९+ युवा मारिए)। आन्दोलनहरूले अर्थतन्त्रलाई नै धरासाही बनायो  । जेनजी र जेनजीभन्दा पछिल्लो पुस्तामा अझै निराशा थपियो ।
सामाजिक र राजनीतिक रुपमा यी र यस्ता आन्दोलनहरूले विश्वव्यापी “कन्टेजन इफेक्ट” (संक्रामक प्रभाव) सिर्जना गरेको देखिन्छ ।  अबका सरकारहरुले युवाहरूको लागि शान्ति, सुरक्षा र विकासको एजेन्डा (Youth, Peace, and Security) लाई मजबुत बनाउन पर्ने देखिन्छ ।नत्र यस्ता आन्दोलनहरुले राजनीतिक अस्थिरता पनि निम्त्याउन सक्छ। युवा जनसंख्याको फाइदालाई अवसरमा बदल्न सकिएन भने यो बोझ बन्न सक्छ। वर्तमान अवस्थामा  अफ्रिका र एसियामा मात्रै  १.५ अर्ब युवाहरू छन् । युवाका विषयहरु सम्बोधन हुन सकेन भने विकास वा द्वन्द्व दुवै निम्त्याउन सक्छन्।
अहिले चलिरहेको शान्ति र करणा यात्राभित्र महाभारतको युद्धपछि महाभारतको युद्ध,युद्धपछिको यदुवशीं राज्य र  धर्मराज युधिष्ठिर स्वर्गको यात्राको विम्बको स्मरण गराउँछ । महाभारत युद्धपछि भएको नरसंहारको संकेत धर्मराजको स्वर्गलोकको यात्रामा निस्किँदै गर्दा एउटा कुकुरले पछ्याए झै अहिले अमेरिकामा भै रहेको शान्ति र करुणा यात्रा र आलोकाको संयोजन पनि बढ्दै गइरहेको अशान्ति ,द्वेष र युद्धबाट शक्ति राष्ट्रहरु विमुख हुँदै विश्व शान्ति, एकता, करुणा र अहिंसाको बाटो अवलम्बन गर्न संकेत गरिरहेको छ। यात्रामा समेल भिक्षु र आलोका नाम गरेको कुकुर त शान्तिको प्रयत्नका पात्र मात्रै हुन् । ती पात्र मार्फत विश्व शान्तिको लागि अमेरिकी नागरिक जोडिंदैछन् । जसरी युधिष्ठिरले कुकुरलाई आफुसँगै स्वर्गको ढोकासम्म लैजान्छन् । तर स्वर्गका राजा इन्द्रले कुकुरलाई प्रवेशाज्ञा दिंदैनन् । युधिष्ठिर पनि बिना कुकुर स्वर्ग नपस्ने अडान लिन्छन् ।
कुकुरको रूप धारण गरेका परिक्षक यमराजको परीक्षामा युधिष्ठिर बिफल हुँदैनन् । जनावरलाई घृणा हैन प्रेम गरौं भन्ने सन्देश दिएको थियो त्यसैगरि शक्तिशाली राष्ट्रले शक्तिमा कम प्रभाव भएका राष्ट्रलाई माया,स्नेह र करुणा सहित उसको सार्वभौमिकतामा स्वतन्त्रता पुर्वक बाच्न दिनुपर्छ भन्ने सन्देश दपन खोजिएको जस्तो लागि रहेछ ।
आलोकासहितको यो शान्ति र करुणा यात्राले विश्वमा शान्ति कायम गर्न दिएको शान्ति सन्देश हामी सबैका लागि वरदान सवित होस । शान्ति र करुणा यात्रामा आलोकासहितका सम्पुर्ण यात्रीको सु स्वास्थ्य र दिर्घ जीवनको शुभकामना ।

Comments are closed

Related Post