Shopping cart

  • Home
  • समाज
  • विपद्मा पार्टीले सक्दो सहयोग गर्ने कांग्रेस सभापति थापाको प्रतिबद्धता
देश

विपद्मा पार्टीले सक्दो सहयोग गर्ने कांग्रेस सभापति थापाको प्रतिबद्धता

Email :78

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का बेला पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपद् प्रभावित क्षेत्रमा सहयोगका लागि कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटीसँग छलफल गर्ने बताए।

उनले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पार्टीले सक्दो सहयोग गर्ने जानकारी दिए। उनका अनुसार कांग्रेस केन्द्रीय कमिटीले दुई दिनभित्र आवश्यक निर्णय गरी पार्टीका तर्फबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेछ।

थापाले राहत तथा सहयोगलाई प्रभावकारी बनाउन सरकारको प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था गरिनुपर्ने बताए।

Comments are closed

Related Post