पुर्वीया सामाजिक संरचनाको उत्पती र विकासको अवस्थाबाट महिलाको स्थान,मान र आर्थिकसामाजिक भुमिकालाई गृहस्थ धर्मसगँ जोडियो । आदिम मानव सव्यताले परिवार बनाउने क्रमको सुरूवात सगै महिलालाई घरका जेष्ठ र कनिष्ठको सेवा,सम्पतिको संरक्षण वंश वृद्धि,पुरूष या सत्ताको एसवृद्धिसगँ जोडिदियो ।
यहीँ सोच ; शक्ति,सम्बन्ध ,राजनीति,धर्म ,संस्कार र समाजमा अहिले रूपान्तरित हुन सकेको छैन । यस्ता सोच हिजो परम्परागत थिए अहिले आधुनिकीकरण भए अथवा अपमान,विभेद या हियाउने कुराको रूप बदलियो भनेर बुझ्दै विश्लेषण गर्दा राम्रो होला ।
१) सत्ता,आर्थिकसामाजिक पक्ष र एकल महिला
हरेक समयमा मानिसको आर्थिकसामाजिक अवस्था व्यक्तिपिच्छे फरक छ र हुनेगर्छ । अधिकाँस व्यक्तिको आवश्यकता र चाहाना उसको पारिवारिक परिवेस अनुसार जन्मनेगर्छ । इच्छाशक्तिसगँ जोडिएर सृजना भएका मानिसका आवश्यकता भन्दा अपर्झट सृजना हुने अकल्पनिय घटनाले प्रायः महिलालाई एकल बनाएको छ । एकल हुनु या बस्नु सामाजिकआर्थिक अपराध,धर्म विरूद्धको र सामाजिकआर्थिक संरचना विरूद्धको कार्य पनि होइन । तर पनि पुरूषलाई भन्दा महिलालाई एकल भएर जीवन चलाउन निकै कठिन छ । यहि कठिन संरचनागत संस्कार र प्रचलनले महिलामाथि सामाजिकरूपमा हिंसा गरेको छ ।
पुरूषको पुनः विवाहको सामाजिक मान्यता र आवश्यकताको बोध गराउने समाजले महिलाको मानविय र शारीरिक आवश्यकता बोध गर्न सकेन र स्थानमानलाई समाजसगँ विलय गरायो । समाजको विकासक्रमले महिलाको आर्थिकसामाजिक हैसियत , प्रजनन र पुरूषको वंश परम्परासगँ जोडिदियो । यहि वंश परम्पराले विस्तारै पिताको स्थानमान र भुमिकालाई सामाजिकआर्थिक संरचनागत परम्परा बनाउन मद्दत गर्यो । महिलाको यौनिकता पुरूषको अधिनस्त भयो । छोरी,बुहारी र पत्निको यौनिकता पिता,छोरा र पतिको इज्जत र प्रतिष्ठाको विषय बन्यौ ।तर काशीका राजाले हस्तिनापुरलाई निमन्त्रणा नगर्न आग्रह गरे । काशीका राजाले आफ्नी बहिनीको विवाहलाई राजा सन्तनुले टारेको विषयको आग्रहको राखेर हस्थिनापुरलाई निशेध गरे । यसको उदाहरणका रूपमा स्वयम्वर प्रथा र हस्तिनापुरका युवराज गंगापुत्र देवव्रतले सत्यवती(मत्यगंधा )र सत्यवतीका पुत्र चित्राँगत र विचित्रविर विवाहकालागि विवाह मण्डवबाटै अपहरण गरेको घटनालाई लिन सकिन्छ । स्वयम्वरकालागि काशीका राजाले हस्तिनापुरलाई निमन्त्रणा नगर्न आग्रह गरे । काशीका राजाले आफ्नी बहिनीको विवाहलाई राजा सन्तनुले टारेको विषयको आग्रह राखेर हस्थिनापुरलाई स्वयम्वरमा निशेध गरे ।
प्रतिशोधमा भिष्मले तिनै राजकुमारीको अपहरण गरे । सत्ता र शक्तीको सिकार काशीका तीन राजकन्याहरू अम्बा,अम्बिका,अम्बालिका भए । हातको वरमाला सहित हिंसाका सिकारमा आतंकित हुनहुर्यो र बाध्यताले पति स्विकार्नु पर्यो । त्यस्तै स्वास्थानी अर्को कथामा सात वर्षकी कन्या सत्तरीवर्षको वृद्दसगँको विवाह र पतिभक्ति अर्को उदाहरण हो । सत्ता र शक्तीको संरक्षणमा लेखिएका पौराणिक कथाहरूभित्र यस्ता पात्रहरू सृजना गरेको छ । अहिले पनि तीनै पात्रलाई हामी हाम्रा आदर्श मान्ने गर्छौ । त्यसैले सम्बन्धको पहिचान गर्न प्रयत्न गरौं ।
२) एकल हुनु या बस्नु
अविवाहित बस्नु,बस्नु रुचाउनु या बस्न बाध्य हुनु, सम्बन्ध विच्छेद गर्नु/ हुनु या विधवा हुनु जस्ता विषय मानिसको रहर हुदैनन् । यी सामाजिक र आर्थिक सम्बन्ध भएका तर व्यक्तिको रहर र बसमा नभएका सामाजिक सम्बन्ध भित्र जोडिएर अल्झिएका विषय र प्रसङ्गहरू हुन । सामाजिकआर्थिक सम्बन्धसगँ गाँसिएका यस्ता विषय व्यक्ति पिच्छे मिल्नु पर्छ भन्ने छैन । सम्बन्ध या क्रियाकलाप व्यक्ति पिच्छे मिलेन भनेर व्यक्तिको आर्थिकसामाजिक अधिकारलाई अरूसगँ दाँज्नु,अधिनस्त बनाउनु या बनाउन खोज्नु,उसको स्वामित्वको हरण गर्नु या उसको चियोचर्चामा अरूले समय बिताउनु जस्ता कार्य सामाजिक रूपमै निन्दनिय कार्य हुन । तर पनि हामी सम्बन्धमा समस्या देखिने वितिकै सम्पति र स्वामित्वमा महिलालाई एकल हुनेवितिकै कम्जोर बनाउछौ । पुरूषलाई विवाहका लागि उत्साहित गर्छौ ।
सम्बन्धका सहोदर जोडिहरूले एकल महिलाको चियोचर्चा मात्रै हैन परिवारभित्रको सम्पुर्ण काम जिम्मा लगाउने,जेष्ठनागरिकप्रतिको दायित्व सुम्पने गर्छौं । विवाहित एकललाई शुभ कार्यबाट बन्चित गर्ने,अनेकौं होचो अर्गेलोको कारण दिनराज रोएर विताउनु पर्ने, न्याय खोज्दा छुच्चो र नमिल्ने हुदै बहिष्कृत हुनुपर्ने अबस्था छदैछ । पारिवारिक स्वार्थ पूरा भएन भने एकलको आर्थिकसामाजिक हैसियत विहिन बनाउदै चोरी र बोक्सीको आरोप लगाउन पनि पछि पर्दैनौं । आफ्ना सन्तान रोगी या कम्जोर शारीरिक अवस्थाका भए भने कुमारी एकलहरूप्रति लक्षित गर्दै प्रजनन नभएको ( बाँझोपन ) कारण देखाएर हेलाहोचो गर्छौ ।
३) लिङ्गका आधारमा समानताको सम्पत्तिको हक प्रदान गर्न नसक्नु
मानिस आर्थिकसामाजिक हैसियतबाट च्युत हुनु भनेको स्वतह उ दोस्रो दर्जाको स्थानमान निर्धारण हुनु हो भनेर हामीले बुझ्नु पर्छ । सामाजिक संरचनागत हिंसामा पुरूषको प्रवेस नै हुदैन । आफ्नु परिवारमा परेपछि पूर्विय सभ्यता,धर्भ,संस्कार, सदियौंदेखि चलेका सामाजिकआर्थिक प्रचलनहरूले मानिसलाई वर्तमान,नियम र कानुनबाट विष्मरण हुने अवस्थामा पुर्याउछ । सामाजिक कानुनले अप्रत्यक्ष जेलिएको मनोबैज्ञानिक बोकेका हामीले यस्तो छलफल बहस गर्नुपर्दा या हक दिनु पर्ने अवस्थामा अरूको कर्तव्य देख्ने र अधिकार बिर्सने समस्या जोसुकैसँग अबल रहेको देखिन्छ ।
यस्तो बेला संविधान र कानुनले व्यवस्थाहरूलाई ध्याननदिई अडकल गरेर कानुनको व्याख्या गर्ने,जर्वजस्ति मेलमिलाप गराउने नाममा ठूलो रकम असुल उपर गर्ने, आफन्तले नै थाहै नदिइ नाफा खाने आदि कार्यले महिलाको भएको सम्पति पनि गुम्ने र मुद्दाबाट प्राप्त अंशहकको कार्यनयन हुन नसकेको अवस्था देखिन्छ । यस्तो अवस्थामा पुनः महिला लिङ्गिय हिंसावले हिंसामा पर्छे । आर्थिक अधिकारसगँ जोडिरहदा कहिलेकाही भावनात्मक सम्बन्धहरू पनि महिलाका लागि बोझ बनेको देखिन्छ । पारिवारिक संरचनामा स्थान र मान स्थापित गर्ने कुरा सामाजिक रूपमै समस्या छ ।
अझैसम्म एकल र कम्जोरप्रति दया देखाउने र अधिकारबाट बन्चित गराउने र निर्दो बनाएर घेराबन्दीमा पार्ने प्रचलन छदैछ । यस्ता सम्बन्धहरू निश्चित सामाजिक मापदण्डहरु पुरा नभएका अबस्थामा महिलाकालागि घातक हुन्छन् । साथै अशुभ कहलिनु पर्ने बाध्यताले हजारौं पटक रूनु पर्ने अवस्था देखिन्छ । यो र यस्ता ओझेलमा परेका अरू विषयहरूलाई पनि अधिकारसगँ जोड्दै बहसमा ल्याउन अति आवश्यक देखिन्छ ।
४) हिंसाको शाव्दिक अर्थ,क्षेत्र र सरोकारको चाहोसगँ आफुलाई जोड्न नसक्नु
सामान्यतया मानिसको मन दुखाउने कार्यदेखि मानवको अङ्गभङ्ग र हत्याको अपराधको घटना सम्मको विषय हिंसासगँ जोडिन्छ । अहिलेको सामाजिक राजनीति सञ्लाजले हिंसाको विषयलाई गभ्भिर रूपमा लिन सकेको देखिदैन । घरपरिवार समुदाय र राज्यका प्रतिनिधिपात्रहरूले दिनप्रतिदिनका आफ्ना दिनचर्यामा सयौं पटक अरूको मन दुख्ने,हेलाँहोचो गर्ने,ईर्ष्या गर्ने,सम्पति हड्प्ने,महिलाको यौनिकता प्राप्तिकालागि पिछा गर्ने , नातासम्बन्धभित्र अबैध यौन सम्बन्ध राख्ने, यो यस्तै हो भनेर आफू या आफन्तमा भएका यौन समस्यालाई उपचार गरेर हल गर्नुको सट्टा जवर्जस्ति गरेर यौनइच्छा पूरा गर्न लाग्ने/ दिने, महिला स्वयम् आफ्नु यौनिक दुर्वलताको सिकार आफ्नो घरमा काम गर्ने श्रमिक महिलामाबाट पूरा गराउन उद्दत हुने , भाइ,छोरा र पतिको यौनिक अपराध ढाकछोप गर्ने र पिडितलाई पैसाले किन्ने या हत्याहिंसाको माध्यमबाट अपराध लुकाउन खोज्ने साथै महिलालाई जिस्काउदा रमाइलो मान्ने र जिस्काउन मद्दत पुग्ने गरि ढाडस दिने, बालिका, एकल र एकान्तको फाइदा उठाउने,मोबाइल र लाइनफोनमा महिलालाई जिस्काउने, अपरिचितलाई अनावश्यक मेसेन्जरबाट भिडियो कल गर्ने,मन पर्यो भन्दैमा बाटैमा I love you भन्दै दुख दिने नमान्ने वितिकै आक्रमण गर्न/ तेजाव छर्कने,सार्वजनिक यातायातमा माहिलामाथि यौनजन्य दुर्ववहार गर्नु र गर्ने, बालिका,महिला बलात्कारका घटना मेलमिलापबाट मिलाउन खोज्ने, पद,प्रतिष्ठा बनाएर अपराध किनवेच गर्ने,शक्ति,बल र मशलको प्रयोगले अपराधी छुटाउन उद्दत हुने सबै कुरा हिंसाको क्षेत्रभित्र पर्छन ।
मानविय भावनाको संवेदनशीलतासगँ जोडिएको र मानविय क्षति हुनसक्ने सम्मका घटनासगँ हाम्रो समाज अझै संवेदनशील हुन सकेको छैन । महिला हिंसा विरूद्धको १६ दिने विश्व अभियान के हो ? कसरी सुरू भयो ? अभियानहरू किन गर्नुपर्छ ? यस्ता विषयले समाजमा कस्तो प्रभाव छोड्छ ? कुनकुन पक्षको सरोकार अधिक हुनुपर्छ ? राज्यको राजनीतिक ,सामाजिक ,निजामती क्षेत्र र आर्थिक पक्षसगँ यस्को सम्बन्ध कस्तो छ ? र कस्तो हुनुपर्छ भन्ने विषयलाई प्राथमिकतामा नराखे सम्म महिला हिंसा न्युनिकरणको अभियानलाई अभियान बनाउन कठिन छ । अहिलेका कार्यनयनका संरचनामा रहेको यथास्थितिवादी सोचले महिला हिंसाको उजुरी अझै दर्ता हुन कठिन छ ।
राजनीतिक पाटी र अन्य सामाजिक विचौलियाको आर्थिक उपार्जनको बाटो र प्रहरी प्रशासनल अनियमित तरीकाले नियमित उठाउने हप्ते टिप्स ( अबैध कमिसन ) का कारण पहुँच बाहिरका महिला हिंसाको सिकार भइरहेको अवस्था छ । पिडितले अनुसन्धानको प्रक्रियामा प्रवेश गर्नु अगाबै विभिन्न मिडियाबाजी गरि आत्हत्या गर्नु पर्ने अवस्थासम्म सृजना भएका थुप्रै घटना समाचारमा प्रकाशित भएका छन । यस्ता कार्य रोक्न महिला अधिकारकर्मी ,सामाजिक अभियान्ता,मानव अधिकारकर्मि,स्थानिय,प्रदेश र संघिय सरकारको ध्यान जान जरूरी छ ।
बदलिँदो परिस्थिति र व्यक्तिको स्वतन्त्र अस्तित्व बुझ्न कोसिस नगर्नु
व्यक्तिसँग जोडिएको घर,परिवार,नाता,सम्बन्ध,समाज,सा
यस्तो परिस्थिति निर्माण हुनु नै बदलिँदो परिस्थिति र व्यक्तिको स्वतन्त्र अस्तित्व बुझ्न कोसिस नगर्नु हो ।
सञ्चारको सुविधा सहितका सामाजिक सञ्जालको मात्रै होइन ए आइ प्रविधिको प्रयोगसँग हुर्किएको पुस्तासँग पुरानो सम्बन्ध र मर्यादाको आदर र सम्मानको वातावरण बनाउन पुराना पुस्ताले नयाँ परिस्थिति बुझ्दै आफुलाई रुपान्तरण गर्न अति आवश्यक छ भने नयाँ पुस्ताले हिजोको समयको साधन,श्रोत र समाजको ख्याल राख्दै अघिल्लो पुस्तालाई आदरपुर्वक सुचना,प्रविधि र सम्बन्धको स्थान,मान र भुमिकाको महत्त्व बुझाउन जरुरी छ ।
यसरी पुस्तान्तर र रुपान्तरणको विषय बुझ्ने बुझाउन कुराले समय अनुसार बदलिएको देशको संविधान,कानुन,हक र अधिकारको घेरा र व्यक्ति स्वयमको भुमिकासँग पारिवारिक,कार्यलयिय,राजनीतिक र सामाजिकआर्थिक पहिचान स्थापित गर्ने वातावरण सृजना हुन सक्छ र सबै सम्मानित हुने वातावरणले लैङ्गिक हिंसाको न्युनिकरण भएर जाने अवस्था बन्छ ।














Comments are closed