Shopping cart

  • Home
  • शिक्षा
  • मोदीको भिडिओ रोकेकोमा मेटाले माग्यो माफी
अन्तर्राष्ट्रिय

मोदीको भिडिओ रोकेकोमा मेटाले माग्यो माफी

Email :38

काठमाडौँ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाका चिफ ग्लोबल अफेयर्स अफिसर जोल कापलानले भारतका सूचना प्रविधिमन्त्रीसँग माफी मागेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडिओ छोटो समयका लागि भारतमा नदेखिने बनाएपछि सरकारले मेटालाई माफी माग्न भनेको थियो। अन्यथा कारबाही गर्ने चेतावनी भारत सरकारले दिएको थियो।

त्यसका लागि मेटाका कार्यकारीहररूलाई मन्त्रालयले झिकाएको थियो।

‘प्रधानमन्त्री मोदीको पोस्ट रोक्ने गल्तीका लागि मैले मेटाका तर्फबाट मन्त्रीसँग माफी मागेँ,’ कापलानले भनेका छन्।

मेटाले गल्तीका कारण यस्तो हुन गएको बताउँदै आएको छ।

दक्षिण भारतको हैदराबादमा प्रहरीले मेटाका भारत प्रमुख अरुण श्रीनिवासविरुद्ध यही विषयमा मुद्दा पनि दर्ता गरेको छ।

मोदीको सो भिडिओ प्रश्नपत्र चुहावटका विरुद्ध आन्दोलन चलिरहेका बेला पोस्ट गरिएको थियो।

यसका अलावा, बुधबार नै मेटाका सीईओ मार्क जकरबर्गले बालबालिकासम्बन्धी यौनजन्य सामग्री, डिपफेक र अरु कमजोरीका लागि भारत सरकारसँग माफी मागेको बताइएको छ।

Comments are closed

Related Post