Shopping cart

  • Home
  • स्वास्थ्य
  • परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो: मन्त्री पौडेल
देश

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो: मन्त्री पौडेल

Email :236

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रूपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औँ वार्षिकोत्सवमा उहाँले प्रसूति गृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताएका हुन् । उनले भने , “अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैङ्कजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु । सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनः स्थापित आइभिएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ ।”

मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा ११ शय्या थप गरेर ५०० शय्या बनाइने बताए । उनले काठमाडौँका दुई नगरपालिकामा २५(२५ शय्याको स्याटलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराउए । उनले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताए ।

यो अस्पताल विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेको हो । देशको एक मात्र महिला स्वास्थ्यसम्बन्धी यो केन्द्रीय विशिष्टीकृत अस्पताल हाल ४८९ शय्या सञ्चालनमा रहेको छ ।

Comments are closed

Related Post