Shopping cart

देश

धनुषामा मोटरसाइकल दुर्घटना २ को मृत्यु

Email :181

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कमला नगरपालिका-२ स्थित खोक्साहा पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा जनकनन्दिनी गाउँपालिका- ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्रको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडि सवार १७ वर्षीय राहुल महतोभने गम्भिर घाइते छन् ।

उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comments are closed

Related Post