Shopping cart

  • Home
  • समाज
  • दृष्टिविहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टिमलाई प्रधानमन्त्रीले दिइन् बधाई
अन्तर्राष्ट्रिय

दृष्टिविहीन महिला टी-२० विश्वकप उपविजेता नेपाली टिमलाई प्रधानमन्त्रीले दिइन् बधाई

Email :72

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी-२० क्रिकेट विश्वकपमा इतिहास रचेकोमा बधाई दिएकी हुन् ।

प्रधानमन्त्रीले  भनिन्, ‘एकदमै राम्रो कुरा हो । आफ्नै पहलमा यहाँहरूले जुन स्तरको प्रतिभा देखाउनुभयो, त्यो एकदमै सह्राहनीय छ । त्यसमा सरकारले पनि केही लगानी गर्न सकेको अवस्थामा अझै प्रगति हुने रहेछ । सरकारका तर्फबाट के गर्न सकिन्छ, त्यस विषयमा म सम्बन्धित मन्त्रालय र निकायहरूसँग छलफल गर्छु ।’

‘यो तपाईँहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ सङ्कल्पका कारण प्राप्त उपलब्धि हो,’ प्रधानमन्त्रीले भनिन्, ‘तपाईँहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको जस पाउनका लागि हकदार हुनुहुन्छ। र, अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।’

Comments are closed

Related Post