Shopping cart

देश

दाहाल-खनाल भेटवार्ता

Email :55

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

शनिबार डल्लुस्थित खनाल निवासमा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक अवस्था, वामपन्थी एकता तथा कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै अघि बढाउने विषयमा गम्भीर छलफल भएको छ।

भेटमा नेपाली कम्युनिस्ट आन्दोलनका पछिल्ला अवस्था, पार्टीको संगठनात्मक तथा राजनीतिक अग्रगति, वामपन्थी शक्तिबीचको सहकार्य र एकतालाई थप मजबुत बनाउने विषयमा समेत विचार–विमर्श भएको छ।

त्यस्तै, मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति र प्राकृतिक विपद्बाट उत्पन्न समस्याका साथै विपद्को समयमा राज्य तथा पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि दुई नेताबीच छलफल भएको थियो।

 

Comments are closed

Related Post