Shopping cart

  • Home
  • समाज
  • तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ?
देश

तिहारमा गोवर्धन पर्वतको पूजा किन गरिन्छ ?

Email :150

पाँचथर । तिहारअन्र्तगत पर्ने आज गोवर्धन पूजाआज  हो । आज वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । यसै गरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

गोवर्धन पूजा हिन्दुहरूको एक प्रमुख पर्व पनि हो । आजको दिनमा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

हिन्दु पौराणिक कथा अनुसार द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई देवताका राजा इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराएपछि उक्त मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन चलिआएको मानिन्छ ।

Comments are closed

Related Post