Shopping cart

  • Home
  • समाज
  • चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छः पूर्वराष्ट्रपति यादव
अर्थ

चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छः पूर्वराष्ट्रपति यादव

Email :115

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन्। जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए।

उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुनसमेत आह्वान गरे। पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे।

उनले शिक्षा र स्वास्थ्यमा राजनीति नहुनुपर्नेमा समेत जोड दिए।

Comments are closed

Related Post