Shopping cart

  • Home
  • राजनिती
  • गोपालमान श्रेष्ठ कांग्रेसको वरिष्ठ नेता घोषणा
देश

गोपालमान श्रेष्ठ कांग्रेसको वरिष्ठ नेता घोषणा

Email :82

काठमाडौं । नेपाली कांग्रेसका सभापति कुमारगगन थापाले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका छन् । बिहीबार बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सभापति थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गरेका हुन् ।

‘गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था नाजुक छ, केही समयअघि हामीले पार्टीभित्र छलफल गरेका थियौँ, मैले गोपालमान दाइलाई अस्पतालमै गएर पनि भनेर आएको थिएँ, केन्द्रीय समिति बैठक तत्काल बस्छ र यो निर्णय हुन्छ भनेर, तर यो बीचमा बैठक बस्न सकिरहेको छैन, साउन १२, १३ गते केन्द्रीय समिति बैठक बस्छ, त्यो बैठकले अनुमोदन गर्छ भन्ने मलाई विश्वास छ, पार्टीमा लामो समय योगदान पुर्‍याउनुभएको, संगठन निर्माण र कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नुभएको उहाँलाई वरिष्ठ नेता बनाउने अवगत गराउन चाहन्छु,’ सभापति थापाले भ ने।

क्यान्सरबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि आइसियुमा उपचाररत छन् । सभापति थापाले श्रेष्ठको स्वास्थ्य लाभ कामना पनि गरेका छन् । श्रेष्ठ गत पुसमा भएको विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए ।

Comments are closed

Related Post