राजु बस्याल
परमपूजनिय श्याल्पा तेन्जिन रिन्पोछे ज्यूको कठीन साधना र श्रम, त्रीरत्नको कृपा र बोधी
चीत्तोत्पाद भएका गुणीजनहरुको सहयोगमा कपन क्षेत्रमा लामो समय देखी श्याल्पा गुम्बा
सञ्चालनमा छ । तथागत बुद्धको शान्तिको मार्गमा गुम्बाले कार्य गर्दै आईरहेको छ ।
केही समय यता सञ्चार माध्यममा गुम्बाहरुमा हतियार लुकाईएका छन् भन्ने हल्ला चलेपछि
२०८२/०८/१३ गते शनिवार ओमकार परिवारका आदरणीय गुरुजनहरु श्री डा.वासुदेब कृष्ण शास्त्री,
श्री डा.चिन्तामणी योगी ज्यूहरुको नेतृत्वमा अन्य सनातनि गुरुहरु, प्राध्यापक र सञ्चार माध्यम समेत
गरि एक टोलीले श्याल्पा गुम्बाको स्थलगत नीरीक्षण गरेको छ ।

परमपुजनिय श्याल्पा तेन्जिन रिन्पोछेले उदार हृदयले सबैलाई स्वागत गर्दै गुम्बा भित्रका सबै संरचनाहरुकोभ्रमण गराउँदा भगवान बुद्धका उपदेश संग्रह ८४,००० श्लोक हरु समेत अन्य तान्त्रीक
शिक्षा सम्बन्धीत पवित्र ग्रन्थहरु भेटिए । लुम्बीनी वीकास कोषका उपाध्यक्ष आदरणीय श्री ल्यारकल
लामा ज्यूसमेतको प्रत्यक्ष उपस्थितीमा परमपुजनिय श्याल्पा तेन्जिन रिन्पोछेज्यूले गुम्बामा सबै
नेपाली विद्यार्थीहरु मात्र रहेको, दुर्गम क्षेत्रमा शिक्षाबाट विभिन्न कारणले बञ्चीत विद्यार्थीलाई निशुल्क
रुपमा आवास, भोजन, कपडा, किताब र कापी दिएर पढाईएको जानकारी गराउनु भयो। १२ कक्षा
सम्मको निशुल्क शिक्षा र त्यसपछि प्राप्त हुने प्रमाण पत्रले बाह्य समाजमा अध्यन, रोजगार वा पेशा
का सबै बाटो खोल्ने बताउँदा उपस्थित सबैजना हर्षविभोर हुनुभयो ।
गुम्बाको भित्र सजाईएका समन्त भद्र—समन्त भद्रिका, अमिताभ बुद्ध र पद्यम सभंव गुरु रिन्पोछे
ज्यूहरुको मुर्तीलाई शरणागत हुँदै गुरुजनहरुले एक आपसमा खादा लगाउँदै सम्मान र आर्शीबाद
साटा—साट गर्नुहुँदा हजाराँै बर्ष देखीको सनातन वैदिक हिन्दु र बौद्ध धर्मको एकता, समता र सहकार्यको इतिहास पुनः जिवीत भई रहेको भान भएको थियो ।
आफ्नो छोटो मन्तव्यमा परमपुजनिय श्याल्पा तेन्जिन रिन्पोछेलेहाम्रो हतियार भनेकै अहिंसा, प्रेम र
करुणा हो भन्नु भयो । यो हतियारले मानिसको अज्ञान, रिस र मोहलाई मार्ने गर्छ भनि बताउनु भयो
। संसारनै आज तेस्रो विश्व युद्दको डरले ग्रसित भईरहेको बेला “बुद्धबचन-बुद्धशासन” एक मात्र
समाधान भएको स्मरण पनि दिलाउनु भयो । भगवान शिवको प्रतिक स्वरुप पूजिने शिवलिङ्ग नियमित
पूजा गर्नुहुने परमबन्दनीय महासिद्ध स्व.भ्mयाठा रिन्पोछे का शिष्य समेत रहनु भएका परमपुजनिय
श्याल्पा तेन्जिन रिन्पोछेले सनातन वैदिक हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर नेपाललाई विश्वमै
शान्त, समृद्ध र स्वाभीमानी राष्ट्र बनाउनु पर्छ भन्दा सबै गुणीजनहरुले ओमकारको उच्चारण सहित
ताली बजाएर बचन अनुमोदन गर्नुभयो ।
परमपुजनिय श्याल्पा तेन्जिन रिन्पोछेको बहुचर्चित “विश्व शान्ती योजना—महासिद्ध स्यांक्चुअरि फर
युनिभर्सल पिस” को योजना सुनेर उपस्थीत सबै जनामा तथागत बुद्धको प्रज्ञा र करुणाको भाव
सञ्चार भएको महसुस गर्न सकिन्थ्यो । श्री मोहन लामा रुम्बा ज्यूको अग्रसरतामा आएको अतिथी
टोलीलाई गुम्बामा छुवाछुत भाव नराखी पवित्र साकाहारि भोजन खुवाएर विदाई गरिएकोथियो ।
कुनै गुम्बामा राष्ट्रिय सुरक्षामा असर गर्ने केही गतिविधि बारे शंका लागे सरकारलेतुरुन्त छानबीन
गरी सत्य तथ्य बाहीर ल्याओस । तर हजारौ वर्ष देखि मिलेर बसेका दुई धर्मावलम्बी बीच कुनै
तिक्तता नबढोस भन्नेमा सबै सचेत हुनुपर्ने देखिन्छ ।
अन्त्यमा “सबै धर्म सबै जाती, नेपाली हामी साथी साथी” भन्ने नारामा गोलवद्ध हुँदै बुद्धम शरणम
गच्छामी………… नै नेपालीहरुको अवको मार्ग बनोस ।
।। भवतु सव्व मङ्गलम ।।














Comments are closed