Email :98
काठमाडौं । काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सम्बन्ध सबैसँग आग्रह गरेको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईले आज एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पु¥याउन नमिल्ले भएकाले नमिसाउन आग्रह गरेका हुन् ।
यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा सडकबाट निस्केका फोहर व्यवस्थापनको काममा अहिले कामपा लागिरहेको प्रमुख राईले जानकारी दिए । उनका अनुसार सडक सफा गर्ने काम सकेपछि कामपाले व्यक्तिको घर तथा कार्यालय सफा गर्न सुरु गर्नेछ । यसैबीच, फोहर व्यवस्थापन गरिदिनका लागि कामपालाई विभिन्न सङ्घ संस्थाहरूले आग्रह गरिरहेका छन् ।














Comments are closed