Email :65
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको देउवा पक्षको बैठकले वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको हो ।
- असोज ६: क्रियाशील सदस्यता विवाद समाधान
- असोज १५: वडा अधिवेशन
- असोज २०: पालिका अधिवेशन
- कात्तिक १५: जिल्ला अधिवेशन
- मंसिर ४: प्रदेश अधिवेशन
- मंसिर २१-२३: केन्द्रीय महाधिवेशन, काठमाडौं । यो देउवा पक्षको प्रस्ताव मात्र हो।














Comments are closed