काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरूलाई आत्महत्या तथा आत्मदाहसँग सम्बन्धित कुनै पनि सामग्री सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत लाइक, सेयर वा पोस्ट नगर्न निर्देशन दिएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले विभिन्न निर्णय पारित गर्ने क्रममा ‘आत्महत्या तथा आत्मदाहसम्बन्धी सामाजिक संजाल निर्देशिका´११ नम्बर बुँदा अन्तर्गत उक्त निर्णय गरेको हो। निर्णयमार्फत पार्टीले यस्ता संवेदनशील विषयसँग सम्बन्धित सामग्रीको प्रचार–प्रसार नगर्न र सामाजिक सञ्जालको प्रयोगमा उच्च जिम्मेवारी तथा संयमता अपनाउन नेता, कार्यकर्ता र सदस्यहरूलाई निर्देशन दिएको जनाएको छ।
रास्वपाले आत्महत्या तथा आत्मदाहजस्ता संवेदनशील घटनाको अनावश्यक प्रचार–प्रसारले समाजमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस्ता सामग्रीको प्रसारणमा विशेष सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याएको छ ।














Comments are closed