Shopping cart

  • Home
  • स्वास्थ्य
  • आज ऋषिपञ्चमी पूजा स्दोष नाश हुने विश्वाससहित सप्तऋषिको पूजा
देश

आज ऋषिपञ्चमी पूजा स्दोष नाश हुने विश्वाससहित सप्तऋषिको पूजा

Email :134

काठमाडौं  । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज सनातन धर्मावलम्बी महिलाले श्रद्धा र भक्तिसहित सप्तऋषिको पूजा-अर्चना गरी मनाइरहेका छन्।

 

आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन विशेषगरी महिलाहरूले सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) लाई पूजा गर्ने गरिन्छ।

 

बिहान सबेरै नदी, तलाउ वा पवित्र जलाशयमा स्नान गरी माटो, गोबर, कुश, तिल र दतिवन प्रयोग गर्ने परम्परा छ। महिलाहरूले दतिवन (उपमार्ग)  Upamarga का ३६५ डाँठले दाँत माझी ३६५ पातले स्नान गर्ने गर्छन्।

 

यस दिन  सप्तऋषिसहित वशिष्ठकी पत्नी अरुन्धतीको पूजा गर्ने गरिन्छ। पूजामा मौसमी फूललगायत ३६५ वस्तु अर्पण गर्ने प्रचलन छ। शास्त्रीय मान्यताअनुसार यस व्रतले रजस्वलाका दोष नाश हुने विश्वास गरिएको छ।

धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार परम्परागत रुपमा महिलाले मात्र गर्ने भनिए पनि ऋषिपञ्चमी व्रतकथामा पुरुषले पनि यो व्रत गर्नुपर्ने उल्लेख छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत गरी उद्यापन गर्ने विधान रहेको छ।

पूजापश्चात् महिलाले कर्कलाको तरकारीसहित कन्दमूल खाने चलन छ। आज नजोती र नखनी फलेका वस्तु ग्रहण गर्ने विशेष धार्मिक परम्परा रहिआएको छ।

Comments are closed

Related Post