Shopping cart

  • Home
  • स्वास्थ्य
  • आगजनीपश्चात काठमाडौं महानगरद्वारा सफाइ अभियान
देश

आगजनीपश्चात काठमाडौं महानगरद्वारा सफाइ अभियान

Email :99

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले भदौ २४ गतेको तोडफोड र आगजनीका घटनापछि नष्ट भएका सामग्रीको व्यवस्थापन र सरसफाइ अभियान सुरु गरेको छ ।

आन्दोलनका क्रममा विभिन्न स्थानमा टायर बाल्दा निस्केको फोहोर, सवारी साधनमा गरिएको आगजनीबाट बाँकी रहेका धातु, प्लास्टिक तथा अन्य अवशेषलाई महानगरले तत्काल हटाउन थालेको हो ।

महानगरका अनुसार आगजनी र तोडफोडका कारण सडक तथा मुख्य व्यापार क्षेत्रहरूमा ठुलो मात्रामा फोहोर र धुवाँका अवशेष जम्मा भएको थियो । यसले वातावरणीय प्रदूषणसँगै जनस्वास्थ्यमा समेत असर गर्ने सम्भावना रहेकाले तत्काल फोहोर व्यवस्थापन आवश्यक भएको जनाएको छ ।

महानगरका सरसफाइ कर्मचारी, दमकल र अन्य प्राविधिक टोलीलाई परिचालन गरी टायर बालेर बाँकी रहेका फोहोर सङ्कलन, सडक धुने कार्य र अवशेष हटाउने अभियान सुरु गरिएको  छ । साथै, आगजनीबाट क्षतिग्रस्त सार्वजनिक संरचना र यातायातका साधनहरूको अवस्थाको विवरण सङ्कलन गर्ने काम समेत भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले स्थानीयवासीलाई सहकार्यका लागि अनुरोध गर्दै आगजनी वा तोडफोडबाट बाँकी रहेका अवशेषलाई सकेसम्म महानगरका सरसफाइ टोलीलाई जानकारी गराउन आग्रह गरेको छ ।

Comments are closed

Related Post