Shopping cart

  • Home
  • समाज
  • हिन्दू सम्राट समूहबीच भएको सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी
देश

हिन्दू सम्राट समूहबीच भएको सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

Email :8

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गृहमन्त्री सुदन गुरुङ र हिन्दू सम्राट समूहबीच भएको सहमति तीन महिनाभित्र कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रसाईंले सहमतिअनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनापछि आवश्यक प्रक्रिया र गतिविधि अघि बढ्नुपर्ने बताए। उक्त सहमति कार्यान्वयनतर्फ सरकारले कदम नचाले आन्दोलनमा उत्रिने र सरकारविरुद्ध समेत संघर्ष गर्ने चेतावनी उनले दिए।

प्रसाईंले देशभित्र रोहिङ्गिया मुस्लिम शरणार्थी भित्र्याउने प्रपञ्च भइरहेको आरोप पनि लगाए। उनले हिन्दू–मुस्लिम समुदायबीच द्वन्द्व सिर्जना गरेर देशलाई अस्थिर बनाउन केही तत्व सक्रिय रहेको दाबी गरे।

उनले धर्मका नाममा अस्थिरता सिर्जना गरी राजनीतिक स्वार्थ पूरा गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे।

उनलाई सोहि अभिव्यत्ति दिएको आरोपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

Comments are closed

Related Post