Shopping cart

  • Home
  • राजनिती
  • ‘स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ’: महासचिव पोखरेल
देश

‘स्वार्थको जगमा उभिएको नयाँ शक्ति तासको महलजस्तै ढल्छ’: महासचिव पोखरेल

Email :24

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गर्नुभएको छ ।

उहाँले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गर्नुभएको हो । नयाँ शक्तिहरू (रवि–बालेन्द्र) बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरुबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताउनु भयो । उहाँले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गर्नुभयो । उहाँले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध चट्टान बनेर उभिने स्पष्ट पार्नुभयो । संसद्मा एमालेको संख्या कम भए पनि भुमिका ‘निर्णायक र आक्रामक’ हुने बताउनु भयो ।

प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै पोखरेलले प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्नसक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न डराउने कुरा कस्तो लोकतन्त्र हो ? भन्दै प्रश्न गर्नुभयो । पोखरेलले संसदीय मोर्चालाई पार्टीको पुनर्जागरण अभियानसँग जोडेर सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान गर्नुभयो ।

Comments are closed

Related Post