Shopping cart

  • Home
  • समाज
  • संविधानको पूर्ण पालना आजको आवश्यकता : राष्ट्रपति पौडेल
देश

संविधानको पूर्ण पालना आजको आवश्यकता : राष्ट्रपति पौडेल

Email :21
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन वर्तमान आवश्यकता रहेको उनको भनाइ छ । ” आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ । साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवम् सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो,” राष्ट्रपति पौडेलले भनेका छन् ।

संविधानको पूर्ण कार्यान्वयन नै राष्ट्रिय संकल्प हुनुपर्ने उनले बताए । संविधानले प्रत्याभूत गरेका सेवा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने उनले बताए ।

Comments are closed

Related Post