विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित, पारदर्शी र संस्थागत बनाउन २४ बुँदे प्रस्ताव अघि सारेका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा पहिलोपटक सहभागी किरातीले विधान निर्माण, आर्थिक पारदर्शिता, डिजिटल प्रणाली, निर्वाचन रणनीति, सामूहिक नेतृत्व र श्रमदान अभियानलाई प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेका हुन्।
उनले तत्काल विधान मस्यौदा समिति गठन, आर्थिक नियमावली र नियमित लेखापरीक्षण, उम्मेदवार छनोटका पारदर्शी मापदण्ड तथा नेतृत्वको नियमित कार्यसम्पादन समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।
त्यस्तै पार्टीलाई आधुनिक डिजिटल प्रणालीमा लैजाँदै सदस्यता, संगठन, आर्थिक विवरण र सञ्चारलाई एकीकृत गर्न तथा पार्टीको नाम र दर्शनअनुसार ‘श्रमदान विभाग’ गठन गरी जनमुखी श्रम अभियान सञ्चालन गर्न किरातीले प्रस्ताव गरेका छन्।
आन्तरिक विवाद समाधानका लागि प्रभावकारी अनुशासन आयोग, आचारसंहिता र नेतृत्व–कार्यकर्ताबीच नियमित संवादको संयन्त्र निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ।














Comments are closed