Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा महाधिवेशन महामन्त्री पदका लागि ५ जनाबीच प्रतिस्पर्धा
देश

रास्वपा महाधिवेशन महामन्त्री पदका लागि ५ जनाबीच प्रतिस्पर्धा

Email :54

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचन सम्पन्न भएसँगै अब पदाधिकारी चयनको प्रक्रिया केन्द्रमा पुगेको छ। विशेषगरी निर्वाचित हुने एक महामन्त्री पदका लागि पाँच जना नेताले आकांक्षा सार्वजनिक गरेपछि प्रतिस्पर्धा रोचक बनेको छ।

पार्टीको विधानअनुसार दुई महामन्त्रीमध्ये एक जना मनोनीत हुने व्यवस्था रहेकाले निर्वाचित हुने अर्को एक पदका लागि वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीसहित शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली र मनिष झाले दाबी प्रस्तुत गरिरहेका छन्। उनीहरू महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन जुटाउने प्रयासमा सक्रिय देखिएका छन्।

उपसभापतिको दुई पदका लागि विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम र लिमा अधिकारीको नाम चर्चामा छ। त्यसैगरी, तीन सहमहामन्त्री पदका लागि यज्ञमणि न्यौपाने, सागर ढकाल, रमेश प्रसाई र डा. अंकिता यादवले पनि आफ्नो दाबी अघि सारेका छन्।

रास्वपाको १९ सदस्यीय केन्द्रीय पदाधिकारी संरचनामा केही पद निर्वाचनबाट पूर्ति गरिने भए पनि बाँकी पदहरू सभापतिले मनोनयनमार्फत टुंग्याउने व्यवस्था रहेको छ।

पार्टीभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेताहरूले बताएका छन्। पदाधिकारी चयनमा सहमति जुटे निर्वाचनको आवश्यकता नपर्ने भए पनि सहमति नभए मतदानमार्फत अन्तिम निर्णय गरिने सम्भावना खुला रहेको जनाइएको छ।

महाधिवेशनको अन्तिम चरणतर्फ अघि बढ्दै गर्दा रास्वपाभित्र नेतृत्वको नयाँ समीकरण र जिम्मेवारी बाँडफाँटलाई लिएर राजनीतिक चासो बढेको छ।

Comments are closed

Related Post