Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय सभाबाट सङ्घीय निजामती सेवा विधेयक २०८० सर्वसम्मतिले पारित
देश

राष्ट्रिय सभाबाट सङ्घीय निजामती सेवा विधेयक २०८० सर्वसम्मतिले पारित

Email :124

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सङ्घीय निजामती सेवा विधेयक २०८० सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राख्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विधेयकमाथिको छलफलमा उठका प्रश्नहरूको जवाफ दिनुहुँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सङ्घीयताको मर्म अनुसार निजामती कर्मचारीको व्यवस्था गर्न विधेयक आवश्यक भएको बताईन् ।

Comments are closed

Related Post