काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले आज (बुधबार) कांग्रेस र एमालेका पुराना मन्त्रीहरुलाई हटाएर नयाँ नियुक्ति गरेका हुन् ।
नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन् ।
सरकारका नवनियुत्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई केहि बेरअघि प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि पदमा जि.सी. श्रेष्ठ कृषि, मन्त्री, विन्दुकुमार थापा सामाजिक डा. टकराज गुरुङ आर्थिक, कृष्ण प्रसाद पाठक स्वास्थ्य, मित्रलाल वस्याल उद्योग, फणीन्द्र देवकोटा ऊर्जा तथा जलस्रोत, भेषबहादुर पौडेल वन र प्रकाश बहादुर के.सी. भौतिक पूर्वाधारमन्त्री थिए ।














Comments are closed