Shopping cart

  • Home
  • स्वास्थ्य
  • कोदोको परिकार प्रवर्द्धन गर्न सिंहदरबारमा १० प्रकारका परिकार
अर्थ

कोदोको परिकार प्रवर्द्धन गर्न सिंहदरबारमा १० प्रकारका परिकार

Email :189

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि दिवस मनाएको थियो ।

केही बर्ष अघिसम्म गरिवको खाना र जाँड बनाउन मात्र प्रयोग हुने गरेको कोदो अहिले हुने खाने र स्टारवाला होटलका मेनु बनेका छन् ।

कुनै समय गाउँघरमा बिहान साँझको जीविकाका लागि पाक्ने कोदो हिजोआज शहर बजारका ठूला–ठूला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ।

कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिएको छ । नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले शुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

एका तर्फ तारे होटल र सिंहदरवारमा कोदोका परिकार बनाउने योजना बनाइरहंदा आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन् ।

सडक सञ्जाल विस्तारसँगै शहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन्।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ ।

बजारका ठूला–ठूला होटल रेष्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ। कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण बनेपनि धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको छ ।

कोदोको उत्पादन प्रवर्द्धन र यसका परिकारको व्यवसायीकीकरण गर्ने प्रयोजनका निम्ति कार्यक्रम उपयोगी हुने विश्वास लिएको यो कार्यक्रमलाई सेफ घनश्याम कँडेल र दुर्गा खड्काले पाककलामा आधारित भोजनलिपि स्वादको सय संस्करणसम्म र्पुयाउने योजना बनाएका छन् ।

कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ कोदा दिवस मनाएपनि गाउँघरमा हेपिएको कोदो अहिले शहर बजारतिर खोजीखोजी खाना थालिएको छ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कागजी दस्तावेज बनेपनि किसानमूखी योजना अहिलेसम्म बन्न सकेको छैन् ।

प्रमुख अतिथि र अतिथिका नाममा राम्रो सप्रेको बीऊ घाँटी भरि माला लगाएर रोपाईँ गर्न जानेले पेशा नै बदनाम गराएका छन् ।

धन्न अहिले गाँउघरमा जोत्न गोरुको सट्टा टेक्टर प्रयोग गर्न थालेकाले प्रमुख अतिथि र अतिथिका घाटीमा गोरु पुग्न पाएका छैनन् । नत्र ती अतिथिको रमिता राम्रै हुने थियो ।

जसले जे जानेको छ त्यसमा काम गर्दा राम्रो । नत्र एउटा उखान छ नि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने जस्तै हुन्छ ।

रैथाने परिकारका नाममा धेरै विज्ञ हुँदा पनि हाम्रा उत्पादनले बजार पाउन सकेका छैनन् ।तारे होटलमा एम एलमा पानी र तेल अनि ग्राममा कोदो जोखेर पकाएको भन्दा लोटाबाट अडकलेर राखेको पानी अनि भित्रि मुठीले अड्कलेर राखेको कोदोको पनि परिकार बनाएरै खाएका छन् ।

समग्रमा सामाग्री भएमा जसले जस्तो स्वादमा जसरी पकाएर पनि खान सक्छ । तर, त्यसका लागि सामाग्री त उपलब्ध हुनु पर्यो ।

त्यही सामाग्री उपलब्ध गर्न खेति गर्न पर्यो । किसानले समयमा मलखाद, बीऊविजन र उचित परामर्स पाउन पर्यो ।

यत्तिमात्र गर्न सके आयातमा कमी आउनसका साथै स्थानीय स्तरमा नै उत्पादन भएको अन्नपात स्वदेशमै खपत हुन्छ भने उत्पादित बस्तु किक्री भएपछि किसान पनि खुसी हुन्छन ।

उत्पादित बस्तुले बजारको सहज पहुँच पाएपछि खेति गर्नेको संख्यामा पनि बृद्दि हुन्छ ।

कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ।कोदोको माग बढेपनि उत्पादन भने कम हुँदै गएको छ । कोदोको परिकारका बारेमा स्टार होटलमा हुने चर्चा भन्दा कोदोको उत्पादकत्व बढाउने बारेमा किसानलाई जानकारी दिन सके आयातमा कमी आउने थियो ।

रैथाने र अर्गानिक भन्दै गरिने होटलवाला कार्यक्रमले किसानलाई छुँदैन । स्टारवाला होटलमा रैथाने परिकारका नाममा बन्ने खानाका परिकारले आयात नै बढाएको छ ।

यसले किसानको मेहनतलाई तिरस्कार गरेको छ । कोदोको परिकारका बारेमा आयोजना हुने गोष्ठीमा बिज्ञका रुपमा प्रस्तुति दिनेले पनि किसानका समस्याका बारेमा कुरा गरेको पाइंदैन ।

होटलमा गरिने त्यस्ता बिज्ञ सम्मिलित गोष्ठी भन्दा किसानलाई दिइने प्राविधिक ज्ञानले धेरै सहयोग पुग्छ ।

नेपालमा कति प्रकारका कोदो पाइन्छ भन्ने सम्म पनि थाहा नहुने रेथाने परिकार भनेर नथाक्ने बिज्ञले उत्पादन बढाउने बारेमा केही समय खर्च गरे राम्रै हुने थियो ।

कुन मुलुकबाट आएको कोदो हो त्यो पनि थाहा नभएजस्तो गरेर रैथानेको रटान लगाउनेले समयमा बीऊबिजन उपलब्ध गराउन सरकारलाई सचेत गराएमात्र पनि केही हदसम्म किसानका समस्या समाधान हुन्छन् ।

किसानले समयमा बीऊबिजन नपाएर भौतारिएको अवस्था एकातिर छ भने अर्कोतर्फ उत्पादन भएको कोदो पनि जाँड बनाएर सक्ने अवस्था छ ।

यसतर्फ सबै सचेत भएर किसानलाई समयमा बीऊबिजन र प्राविधिक ज्ञान दिनेतर्फ लागे उत्पादनमा बृद्दि भएर आयात घट्ने निश्चित छ ।

रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने देखिन्छ ।

हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

पहिलेको तुलनामा कोदोबाली लगाइने क्षेत्रफल घट्दो क्रममा छ। देशको कुल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले ओगटेको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत पहाडी भेगमा मात्रै पर्छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार २०७१ सालमा २ लाख ६७ हजार हेक्टरमा कोदो खेती भएकोमा ३ लाख ८ हजार मेट्रिक टन उत्पादन भयो।

आ.व. २०७४/७५ मा देशभर २ लाख ६३ हजार ४९७ हेक्टरमा कोदो खेती गरिएकोमा ११९२ के.जी. प्रतिहेक्टरका दरले ३ लाख १३ हजार ९८७ मे।टन उत्पादन भएको थियो।

कोदो खेती घट्दै २०७९ मा २ लाख ६७ हजार हेक्टरमा मात्र कोदो रोपिएको थियो। ८ वर्षको अवधिमा कोदोको उत्पादकत्वमा पनि उल्लेख्य बढ्न सकेन। २०७१ सालमा १.१५ मेट्रिक टन प्रतिहेक्टर फलेको कोदोको उत्पादकत्व २०७९ मा १.२७ मेट्रिक टन पुगेको तथ्यांक छ।

कम वर्षा हुने क्षेत्रमा, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चित दुबै अवस्थामा पनि कोदो खेती गर्न सकिन्छ। तराईको हिलोमा रोपेको कोदो छिटो पाकेको र तीन टन प्रति हेक्टरसम्म फलेको रिपोर्ट पाइएको छ।

अन्य मुलुकमा भने कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर ८ टन भएको पाइएको छ। पचास वर्षअगाडि रैथाने बालीहरू प्रायः नेपालीहरूको खाद्य सुरक्षा तथा पोषणकै मुख्य आधार थियो।

हरितक्रान्ति–कृषिको आधुनिकीकरणको मोडलमा मुख्यतया धेरै फल्ने धान र गहुँ जस्ता बालीमा अत्यधिक रासायनिक मलको प्रयोग गरेर उत्पादन बढाउने, विषादीको प्रयोग गरी रोग कीरा मार्ने र ठूला मेसिन प्रयोग गरी लार्ज स्केल फार्मिङ गर्ने अवधारणा शुरु भएसँगै धान र गहुँको उत्पादन वृद्धि भएपनि कोदोलाई किसानहरूले नै साइड लगाए।

‘सकारको चासो कम र समयमा बीऊ विजन नपाउने समस्याले गर्दा क्रमशः मान्छेहरूको आकर्षण र सरकारको नीति पनि धान, गहुँ र मकैमा केन्द्रित भयो।

नेपालमा कोदो, कागुनो, चिनो, धान‚ कोदो, जुनेलो, झुमरोरसामा, बाजरा, कुट्की‚ सामा र कोदी गरी ८ प्रजातिका कोदोजन्य बाली पाइन्छ।

जसमध्ये मुख्य रूपमा कोदो, कागुनो, चिनो र जुनेलोको खेती गरिन्छ भने अन्य प्रजाति लोप हुन थालेका छन्।

तराईदेखि समुद्री सतहबाट ३‚१०० मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिन्छ। तर, मागअनुसार आन्तरिक उत्पादन हुन सकेको छैन।

गतआर्थिक वर्ष (२०८१/८२) मा विभिन्न मुलुकबाट ७६ करोड ५९ लाख रुपैयाँ बराबरको कोदो आयात गरिएको छ भने ४ लाख ८५ हजारको कोदोको बीउ भित्रिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४१ लाख ९५ हजारको कोदो र २ लाख २८ हजार रुपैयाँ बराबरको कोदोको बीउ आयात गरिएको थियो।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७१ करोड, ९४ लाख २३ हजारको कोदो र १ करोड २५ लाख ९० हजारको कोदोको बीउ आयात गरिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा ६६ करोड २२ लाख ५९ हजारको कोदो र ३ करोड ९९ लाख २३ हजारको कोदोको बीउ आयात गरिएको थियो।

२०७७/७८ मा ७२ करोड ४ लाख १९ हजारको कोदो र ६ करोड ३३ लाख १९ हजारको कोदोको बीउ आयात भएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा ४७ करोड ६३ लाख ८१ हजारको कोदो र ७ करोड १५ लाख १७ हजार कोदोको बीउ आयात गरिएको थियो।

पौष्टिक तत्व 
प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्वहरु
१. प्रोटिन ७.६ ग्राम
२. फ्याट १.५ ग्राम
३. कार्बोहाइड्रेट ८८ ग्राम
४.क्यालसिएम ३७० मिलिग्राम
५. भिटामिन ०.४८ मिलिग्राम
६. थाइमिन (बि१ )०.३३ मिलिग्राम
७. राइबोफ्ल्याबिन (बि२): ०.११मिलिग्राम
८. नाइसिन(बि३): १.२ मिलिग्राम
९. फाइबर ३ ग्राम

Comments are closed

Related Post