Shopping cart

देश

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

Email :40

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका उनलाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेतबाट पक्राउ गरेको हो ।

उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।

एमालेको ‘निर्वाचन समीक्षा तथा पुनर्गठन’ सम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका थिए । कार्यक्रम नसकिँदै सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ गाडी लिएर होटल पुगेका थिए । प्रहरीले ‘जाने बेला भयो, निस्कनुस्’ भन्दै पौडेललाई होटल बाहिर बोलाएर नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी एमालेकै कार्यकर्ताले बताए ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

हाल उनी बसिरहेको ललितपुरको भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको छ ।

Comments are closed

Related Post