काठमाडौं । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सम्पन्न राम सीताको दिव्य विवाह स्मरण गर्दै आज देशभर विवाह पञ्चमी पर्व मनाइँदैछ। मिथिलाको जनकपुरधाममा राम सीता डोला शोभायात्रा, स्वयंवर संस्कार र वैवाहिक विधिसहित विशेष महोत्सव भइरहेको छ।
विवाहपञ्चमी महोत्सव अन्तर्गत आज छैटौँ दिन जनकपुरधाममा विवाह पञ्चमी मनाइँदैछ । सोमबार मटकोर विधि भएपछि आज विवापञ्चमीको मुख्य दिन मनाइँदैछ ।
आज राम र जानकीको विवाह धुमधामसँग हुने छ । दिउँसो जानकी मन्दिरबाट जानकीको डोला र राममन्दिरबाट रामको डोला निस्केर बाह्रबिघा मैदानमा स्वयम्वर हुने छ भने साँझ जानकी मन्दिरमा मिथिलाको परम्परा अनुसार रातभर विवाहको कार्यक्रम चल्ने छ ।
मिथिला संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह प्रक्रिया सम्पन्न गरिँदै श्रद्धालु भक्तजनको ठूलो उपस्थितिमा रङ्गभूमिमा कार्यक्रम सञ्चालन भइरहेको छ। देवदेवताको अदृश्य सहभागितासहितको विश्वासले यो पर्वलाई अझ पवित्र मानिन्छ। साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ ।
देशभरका राम सीता मन्दिरमा विशेष पूजा–अर्चना हुँदै यस दिन विवाहका लागि साइत नदेखिने परम्परा रहिआएको छ।














Comments are closed