Shopping cart

  • Home
  • समाज
  • जीवनको दियोको रुपमा रहेका ज्येष्ठ नागरिक बोझ होइन,बोध हुन्
अर्थ

जीवनको दियोको रुपमा रहेका ज्येष्ठ नागरिक बोझ होइन,बोध हुन्

Email :77

लेखनाथ सिकारू

‘हाम्रो साझा अभियान, ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ  राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै छन् । यसवर्ष पुस ११ अर्थात् डिसेम्बर २६ आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्थानीय सरकारलगायत नागरिक संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् ।

तत्कालिन मनमोहन अधिकारीको सरकारले नेपालमा २०५१ पुस महिनाबाट मासिक एकसय रूपैयाँका दरले ज्येष्ठ नागरिकलाई भत्ता दिने निर्णय गर्‍यो । त्यसैका आधारमा २०७७ साल पुस १० गते बसेको मन्त्री परिषद्को बैठकले त्यसैलाई सामाजिक सुरक्षा भत्ता घोषणा गर्‍यो । सोही दिनलाई सम्झिँदै अहिले हरेक वर्ष पुस ११ गतेको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरू गरिएको छ ।

ज्येष्ठ नागरिकप्रति सकारात्मक सोच र योगदानको कदर गर्दै ‘ज्येष्ठ नागरिक समाजका बोझ हैनन्, ज्ञान, सीप र अनुभवका धनी (खानी) हुन् । ज्येष्ठ नागरिकको सेवा संरक्षण नै वास्तविक ईश्वरको पूजा हो र ज्येष्ठ नागरिकलाई मृत्युपश्चात नभई जीवित छँदै श्रद्धा गर्नुपर्छ’ भन्ने पवित्र सन्देश दिइएको छ ।

अन्य विकसित राष्ट्रहरुको तुलनामा नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी चासो निकै कम भएको पाइन्छ । नेपालमा संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भन्ने उल्लेख भएको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ मा अधिकारसम्बन्धी दफा २, ३ र ४ मा व्यवस्था भएबमोजिम हुनुपर्ने हो । तर हुन सकेको छैन ।

नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी कानुनी व्यवस्था

नेपालमा सातौँ योजना ९२०४२(२०४७० देखि सामाजिक सुधार अन्तर्गत ज्येष्ठ नागरिक सम्बन्धी व्यवस्था गरियो ।
वृद्ध भत्ता व्यवस्थाको सुरुवात २०५१/०५२ देखि भएको ।
ज्येष्ठ नागरिक नीतिको प्रकाशन २०५८ मा भएको ।
ज्येष्ठ नागरिक सम्बन्धी ऐन निर्माण २०६३ मा भएको र यस ऐनमा निम्न कुराहरू उल्लेख गरिएका छन्स्
क. ज्येष्ठ नागरिकको इच्छा बेगर परिवारबाट अलग राख्न र बस्न बाध्य बनाउन नसकिने ।
ख. आफ्नो अंश लिई अलग बस्न चाहेको अवस्था बाहेक परिवारले आफ्नो साथमा राखी पालनपोषण गर्नुपर्ने ।
ग. सार्वजनिक सवारी साधनमा सिट आरक्षित गर्नुपर्ने ।
घ. ६० वर्ष नाघेकालाई यातायात र स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्ने ।
ङ. अंशबन्डा गरिरहनु नपर्ने, आफ्नो अंशको चल अचल र सो बाट बढे बढाएको सम्पत्तिको आफूखुसी गर्न पाइने आदि ।
यो दिवस संयुक्त राष्ट्र सङ्घको पहलमा सन् १९९१ देखि मनाउँदै आइरहेको हो ।

सामाजिक सुरक्षा भत्ताको अवधारणा प्रारम्भ भएपश्चात ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा सुरू भएको देखिन्छ । तर, पर्याप्त अध्ययन पुनरावलोकन भएको देखिँदैन । ज्येष्ठ नागरिकसम्बन्धी अनुसन्धानमुलक प्रतिवेदन, बहस, लेख, रचना, साहित्य सिर्जना, थेसिस, स्वास्थ्यावस्थाबारे अध्ययनको कमि भएको प्रष्ट देखिन्छ ।

यस दिवसमा ज्येष्ठ नागरिकको वास्तविक समस्या पहिचान र योगदानको कदर कसरी गर्ने भन्नेबारे प्रष्ट पार्ने र राष्ट्रको दायित्वबारे प्रचारप्रसार विद्यालयदेखि नै पठनपाठन गराउँदै अग्रजहरुको सम्मान रूपान्तरणसम्बन्धी अध्ययन गराएर समाजले चाहेको सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

हाल नेपालमा प्रतिकूल अवस्था देखाएर आफ्ना बा–आमालाई जन्मसिद्ध अधिकारबाट बञ्चित गरी तीर्थ जाने बहानामा बाटोमै छोडिदिने आश्रममा राख्ने प्रचलन दिनप्रतिदिन मौलाउँदै गएको देखिन्छ । ज्येष्ठ नागरिकलाई बोझ होइन कि बोधको स्रोतका रूपमा मान्नुपर्ने हुन्छ । तर वृद्ध वृद्धाको सम्बन्धमा बदलिँदो जीवनशैली, उत्तरआधुनिकवाद तथा पश्चिमा वायुका कारण नेपालमा वृद्ध वृद्धालाई हेर्ने दृष्टिकोण र मान्यता बदलिरहेको अवस्था देखा पर्दैछ । आजकालको समाज र परिस्थिति बदलिइरहेको छ । बिस्तारै संयुक्त परिवारबाट एकल परिवारको अवधारणा आइरहेको छ ।

नेपालीको औसत आयू हेर्दा ७१ वर्ष पुगेको विश्व बैंकले जनाएको छ । २०४५ देखि २०५० सालसम्म नेपालीको आयू ७४ वर्ष पुग्ने अनुमान गरिएको छ । यसबाट हामी र हाम्रो राज्यले बुझ्न जरूरी छ, सरदर आयू बढ्दो छ । आयू बढेपछि जनसङ्ख्या पनि बढ्दै जाने नै भयो । विकसित राष्ट्रहरुमा ८३ वर्ष र विकासोन्मुख राष्ट्रहरुमा ७४ वर्ष हुने अनुमान गरिएको छ । ज्येष्ठ नागरिकको बढ्दो जनसङ्ख्यालाई राज्यले व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन आवश्यक देखिन्छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा ३२ ज्योष्ठ नागरिक नियमावली २०६५ लाई मात्र लागू गर्न सक्यो भने पनि ज्येष्ठ नागरिकहरुको अधिकार, आर्थिक, सामाजिक परिवेशमा सुधार, स्वास्थ्योपचार तथा सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चित हुने देखिन्छ ।

तथ्याङ्कले भन्छ विश्वमा प्रत्येक सेकेन्डमा दुई जना ६० वर्षे ज्येष्ठ नागरिकमा प्रवेश गर्छन् । अहिले विश्वमा ९० करोडको हाराहारीमा रहेका ज्येष्ठ नागरिक सन् २०५० सम्ममा डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । २०५० पछि विश्वको कुल जनसङ्ख्याको २२ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकहरूको हुनेछ । त्यो जनसंख्या १५ वर्षमुनिको उमेर समूहभन्दा ६० वर्षको उमेर समूहको जनसंख्या धेरै हुनेछ । नेपालमा पनि स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ ।नेपालको जनसङ्ख्याको ८।१३ प्रतिशत अर्थात २५ लाख वढी ज्येष्ठ नागरिक छन् । पुरुषको भन्दा महिलाको संख्या उच्च छ ।ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्गदर्शन हुन् । नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेका लाई वरिष्ठ ज्येष्ठ नागरिकका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ४१ मा मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ‘’ भनि उल्लेख गरिएको छ ।

मानवअधिकारको विश्वव्यापी घोषणपत्र १९४८, ग्लष्तभम ल्बतष्यलक एचष्लअष्उभिक ायच यमिभच उभचकयलक ज्ञढढज्ञ, ःबअबग उबिल या बअतष्यल यल बनभष्लनज्ञढढडरःबमचष्म क्ष्लतभचलबतष्यलब िउबिल या बअतष्यल यल बनभष्लन द्दण्ण्द्द जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाइसकेको छ । सोहि अनुसार ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन ज्येष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिन अवधारणा ज्येष्ठ नागरिक कार्ययोजना लागू गरिएकोछ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको स्थापना भई जिल्लाहरुमा ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ ।

हामीले बर्तमान सन्दर्भमा ज्येष्ठ नागरिकहरुले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीति राज्यले बनाउन चुक्नु हुन्न । ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् । ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनुपर्छ । तर हाम्रो सन्दर्भमा वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः ह्रास हुँदै गएको छ । सनातनबाट चल्दै आएको ज्येष्ठ नागरिकप्रतिको संरक्षण र सम्मानमा पछिल्लो समयमा विचलन आउन थालेको छ ।वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष पनि हो ।

संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ । पारिवारिक स्नेहबाट अग्रज विमुख हुँदैछन् । जुन बेला शारीरिक असक्तता, परनिर्भरता र आशामा बाँच्नुपर्छ त्यही बेला हेँला, घृणा र दुर्ब्यबहारको सिकार बनेका घटना पनि नभएका होइनन् । अधिकांश ज्येष्ठ नागरिक बाल्यवस्था जस्तै वृद्ध पनि माया, ममता स्नेह र आधारभूत आवश्यकतामा परनिर्भर हुन्छन् । तर यहाँ यसको उल्टो ज्येष्ठ नागरिक परिवारबाटै अपहेलित हुन पुगेका छन् ।

ज्येष्ठ नागरिकका इच्छा र चाहनामा कतिपयको ध्यान पुग्न सकेको छैन । दुःख, पीडा र हीनताबोध जस्ता निराशाजनक जीवन जिउन विवश वृद्धवृद्धाको सङ्ख्या बढ्दो छ । यस तर्फ गम्भिर हुनु जरुरी छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । आजका बालक भोलिका ज्येष्ठ नागरिक हुन् भन्ने भुल्नु हुँदैन । हाम्रो पनि त्यहि अवस्था आउँछ भन्ने कुरा सवैले हेक्का राख्नु जरुरी छ । ज्येष्ठ नागरिक एकातिर स्याहारसुसारको आवश्यकता महसुस गर्दै घरमै समय व्यतित गर्न बाध्य छन् भने अर्कोतिर आफ्ना शारीरिक, मानसिक अवस्थाका पीडा बोक्दै बसेका छन् । यस्तो अवस्थामा उनीहरूलाई सबैतिरबाट माया, प्रेम र सद्भावको खाँचो छ ।

भरपर्दो सहारा चाहिएको हुन्छ । ज्येष्ठ नागरिकमा उत्पन्न समस्याको समाधान आफ्नै घरपरिवारबाट मात्र सम्भव छ । घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारीबोधको खाँचो छ । ज्येष्ठ नागरिक ऐन तथा नियममा भएका कल्याणकारी प्रावधानको प्रभावकारी कार्यान्वयनका लागि घरपरिबार सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारी बोध हुनुपर्छ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, अशक्त स्याहार केन्द्रलगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघ संस्थाको सद्भाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् ।

प्रभावकारी कार्यान्वयनका पक्षमा सरोकारवाला संघसंस्था, पत्रकार, नागरिक समाजलगायतले सचेतनामूलक समन्वयकारी भूमिका निर्वाह गर्दै खबरदारी गर्ने यात्रामा निरन्तर सक्रिय हुन जरूरी छ । ‘जीवनको दियो’ को रुपमा रहेका उनीहरुला माया, ममता र करूणाका खानि रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण र मर्यादित जीवनयापनमा सहजीकरण गर्न ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउन सम्पूर्ण ज्येष्ठ नागरिकमा सुस्वास्थ्य, दीर्घायू तथा मर्यादित जीवनयापनका लागि यो दिवस फलदायी बनोस ।

नारामा उल्लेख भएजस्तै ज्येष्ठ नागरिकले हाम्रा आकाङ्क्षा, हाम्रो कल्याण र हाम्रा अधिकार स्थापित गर्न विश्व र स्थानीय स्तरलाई अगाडि बढाउँछन् भनेजस्तै ज्येष्ठ नागरिकले सदैव संसारको भलो चाहन्छन् र उनीहरूले हाम्रो भविष्यलाई राम्रो बनाउन प्रयत्न गर्दछन् । अतः ज्येष्ठ नागरिकलाई माया र ममताको खाँचो हामीले पूरा गरिदिनुपर्नेमा आजको दिवसले सबैलाई प्रेरणा देओस्, शुभकामना ।

Comments are closed

Related Post